काठमाडौं: सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ ४ गतेको लागि स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी छ ।
सरकारका प्रवक्ता, सूचना संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुसंग कुरा गर्दै सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्ने बताउनुभयो ।
आउँदैछ जेठ पाँच गते स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिँदैछ । समयमै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई चौतर्फि दवाव समेत आइरहेको छ ।
स्थानिय तह नेतृत्वविहीन हुनु पूर्व नै सरकारले चुनाब गराउने यसअगाडि नै प्रतिबद्धता जनाइसकेको छ । जस अनुरूप निर्वाचन आयोगले समेत तयारी थालेको छ, साथै आज यसको आधिकारिक घोषणा हुने कार्कीको भनाइ छ ।
शेयर बजारमा कस्तो प्रभाव पर्ला
यस अघि जेठमा चुनाव हुने खबरले शेयर बजार एक्कासी बढेको थियो । साथै पछिल्ला केही दिन बजार घट्नुका पछि चुनावको मिति समयमा घोषणा नहुनु बताउँदै आइएकोमा मिति घोषणा पछि केही दिन बजार बढ्ने धेरैको बुझाई छ ।
नेपालको शेयर बजार पछिल्लो समय साना राजनीतिक कुराहरूले समेत प्रभावित हुने गरेको छ । केही लगानीकर्ताहरु चुनाव सुनिश्चिता प्रतिक्षामा रहेको हुँदा यसले बजारमा राम्रै प्रभाव पार्ने धेरैको बुझाइ छ ।
आज मध्यान्न साथै भोलि र पर्सी चुनावको मितिको प्रभाव शेयर बजारमा पर्ने विश्लेषकको भनाई छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…