तनहुँ: नेसनल प्याब्सन केन्द्रीय समितिको दोस्रो पुर्ण बैठक कार्तिक १८-१९ तनहुँको ब्यास नगरीमा दमौलीमा तनहुँ जिल्ला समितीको आतिथ्यतामा सम्पन्न भएको छ । राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले पानसमा दिप प्रज्वलन गरी बैठकको उद्घाटन गर्दै संगठनलाई चुस्त , दुरुस्त र चलायमान बनाउदै शैक्षिक , आर्थिक र संगठानिक नीतीहरुलाई स्पष्ट पार्दर्शी बनाउने । पालिका , जिल्ला , प्रदेश र केन्द्र बिचको सम्बन्ध अनि कार्यनीति , नितीलाई समयानुकूल प्रगाढ बनाउने कुरामा प्रतिबद्धता ब्यक्त गरे ।

बालबालिकाहरुलाई केन्द्रबिन्दुमा राखी शिक्षालाई उच्च प्राथमिकता दिँदै निजि विद्यालयहरुको संरक्षण, सम्बर्द्धन, समृद्धिका नयाँ योजनाहरु ल्याउने कुरामा पनि आफू अगाडि बढ्ने कुरामा ढुक्क हुन सबैलाई अनुरोध गरे । सरकारी नियम कानुनहरुमा निजी विद्यालयहरुका सवालमा समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउन लागिपरेको र थुप्रै नीतीगत छलफलबाट सो कुरा प्राप्त हुँदै पनि आइरहेको बताए । मंसिर ४ मा हुन गइरहेको आसन्न संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आगामी कार्यक्रम र घोषणा पत्रलाई गम्भीर ढंगले हेरेको र मुलुकमा रहेको निजी शिक्षालयहरुको सम्बन्धमा त्यति धेरै चासो नराखेको देखिएकोले समयमै महत्त्वका साथ सोच्न र आफ्ना कार्यक्रमहरु ल्याउन सबै राजनीतिक दलहरुलाई सुझाव दिइएको पनि सो बैठकमा बताए ।

बैठकमा संगठनका उपाध्यक्षहरुलाई अघिल्लो बैठकले विभिन्न बिभागहरुको जिम्मेवारी प्रदान गरेको थियो । सोहि अनुसार यस बैठकमा उपाध्यक्ष एवं विभागका प्रमुखहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए । नेशनल प्याब्सनको २५औ स्थापना दिवस पौष २७ गते भब्यरुपमा मनाउन बिद्यार्थी र विद्यालयहरुलाई समावेश गरी राष्ट्रिय स्थरमा नृत्य र बक्तृत्वकला कार्यक्रम गर्नुका साथै नेशनल प्याब्सन इतिहास डोकुमेन्ट्री तयार गरि प्रस्तुत गर्ने लगायतका निर्णयहरु गरेको थिए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको बैठकमा उपाध्यक्ष तिलक चौहानले स्वागत मन्तव्य र सह अध्यक्ष सुवस न्यौपानेले सबै उपस्थित सदस्य एवं पदाधिकारीहरु, आयोजक जिल्ला तनहुँलाई धन्यवाद ज्ञापन गरेका थिए भने बैठकको संचालन महासचिव पारसमणी दहालले गर्नुभएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago