गरामनी मेलाको सन्थाल नाचमा झापा ७ मदरगाछ प्रथम २५ हजार नगद

बिर्तामोड, झापाको गरामनी मेलामा आयोजित सन्थाल नाच प्रतियोगितामा प्रथम हुँदै झापा गाउँपालिका– ७ मदरगाछको टोलीले २५ हजार नगद पुरस्कार जितेको छ ।त्यस्तै प्रतियोगितामा पैवी मार्सल सन्थाल क्लब बनियानी द्वितीय र बाह्रदशी –३ राजगढको नृत्य टोली तृतीय भएको छ । उनीहरुले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन्।

प्रतियोगितामा सहभागी अन्य १२ वटा टोलीलाई पछि पार्दै मदरगाछले उत्कृष्ट नृत्य प्रदर्शन गरेको थियो । प्रथम,द्वितीय र तृतीयसंगै चौथो हुने टीमलाई ७ हजार र पाँचौ हुने टीमलाई ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । बाँकी आठवटा टीमलाई पनि पाँच हज्जारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

दुर्गा पूजा तथा मेला समितिका संयोजक किशोर भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की ,चिरञ्जीवी कार्की,उत्तम कटुवाल लगायतले पुरस्कार वितरण गरेका थिए । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयको आयोजनामा सन्थाल नृत्य प्रतियोगिता गराइएको र त्यसका लागि वडा कार्यालयले बजेट बिनियोजन गरेको वडाध्यक्ष कार्कीले बताए ।

प्रतियोगितामा  कन्काई नगरपालिका ५ , झापा गाउँपालिकाको आदिवासी सन्थाल नृत्य टोली , कमल गाउँपालिका १, गुवाबारी बिर्तामोड ८ , झापा गाउापालिका ७ मदरगाछ , कचनकवल ५ को जियो झर्ना सन्थाल युवा परिवार , कचनकवल ३ दल्की ,पैवी मार्सल सन्थाल क्लब बनियानी , बाह्रदशी ३ राजगढ , पर्शि युवा सन्थाल समाज बिर्तामोड ९ , चाँदु मार्सल टीम झापा गाउँपालिका ३ फूलगाछी , खालबारीका पान्डु हास्दाको टीम र पाथीभरा हल्दिवारी ४ जलथलको नृत्य टोलीले भाग लिएका थिए । समापन कार्यक्रमको संचालन कृष्ण श्रेष्ठले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago