बिर्तामोड, झापाको गरामनी मेलामा आयोजित सन्थाल नाच प्रतियोगितामा प्रथम हुँदै झापा गाउँपालिका– ७ मदरगाछको टोलीले २५ हजार नगद पुरस्कार जितेको छ ।त्यस्तै प्रतियोगितामा पैवी मार्सल सन्थाल क्लब बनियानी द्वितीय र बाह्रदशी –३ राजगढको नृत्य टोली तृतीय भएको छ । उनीहरुले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन्।
प्रतियोगितामा सहभागी अन्य १२ वटा टोलीलाई पछि पार्दै मदरगाछले उत्कृष्ट नृत्य प्रदर्शन गरेको थियो । प्रथम,द्वितीय र तृतीयसंगै चौथो हुने टीमलाई ७ हजार र पाँचौ हुने टीमलाई ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । बाँकी आठवटा टीमलाई पनि पाँच हज्जारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
दुर्गा पूजा तथा मेला समितिका संयोजक किशोर भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की ,चिरञ्जीवी कार्की,उत्तम कटुवाल लगायतले पुरस्कार वितरण गरेका थिए । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयको आयोजनामा सन्थाल नृत्य प्रतियोगिता गराइएको र त्यसका लागि वडा कार्यालयले बजेट बिनियोजन गरेको वडाध्यक्ष कार्कीले बताए ।
प्रतियोगितामा कन्काई नगरपालिका ५ , झापा गाउँपालिकाको आदिवासी सन्थाल नृत्य टोली , कमल गाउँपालिका १, गुवाबारी बिर्तामोड ८ , झापा गाउापालिका ७ मदरगाछ , कचनकवल ५ को जियो झर्ना सन्थाल युवा परिवार , कचनकवल ३ दल्की ,पैवी मार्सल सन्थाल क्लब बनियानी , बाह्रदशी ३ राजगढ , पर्शि युवा सन्थाल समाज बिर्तामोड ९ , चाँदु मार्सल टीम झापा गाउँपालिका ३ फूलगाछी , खालबारीका पान्डु हास्दाको टीम र पाथीभरा हल्दिवारी ४ जलथलको नृत्य टोलीले भाग लिएका थिए । समापन कार्यक्रमको संचालन कृष्ण श्रेष्ठले गरेका थिए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…