सीपी मैनालीले झापा क्षेत्र नं २ बाट उम्मेदवारी को तयारि

झापा,  एमाले अध्यक्ष केपी ओलीको साथ लिएर नेकपा मालेका महासचिव सीपी मैनालीले झापा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका छन् ।

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मालेका तर्फबाट उनले क्षेत्र नं २ मा उम्मेदवारी दिन लागेको बताएका छन् ।एमालेसंग सहकार्य गर्ने विषयमा एक–दुई पटक अध्यक्ष ओलीसंग वार्ता भइसकेको बताउँदै उनले आज भोलि फाइनल वार्ता हुने जनाएका छन् ।

राजधानीको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै मैनालीले एमालेसंग चुनावी सहकार्य हुने कुरामा आफू आशावादी रहेको बताए । एमालेसंगको सहकार्यमा झापा क्षेत्र नं २ , काठमाडौं १ लगायतका क्षेत्रमा मालेले उम्मेदवारी दिन लागेको उनको भनाई छ । करिव एक महिनाअघि पनि झापा क्षेत्र नं २ मा ओलीले मैनालीलाई उठाउने चर्चा चलेको थियो । तर, त्यो कुरा त्यतिकै सेलायो । असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको मिति रहेको छ ।

मनोनयनको संघारमा मैनालीको उम्मेदवारीले फेरि चर्चा पाएको छ । झापा क्षेत्र नं २ मा टिकटका लागि एमालेभित्र मारामार चलिरहेका बेला मालेका ७१ वर्षिय मैनालीले ओलीको आशीर्वाद खोजेका हुन् । एमालेभित्रै पुराना नेताहरुलाई आराम गर्न लगाएर नयाँ अनुहारलाई टिकट दिनुपर्ने आवाज उठिरहेका बेला अर्को पार्टीका पुराना नेतालाई टिकट दिने कुरा असम्भव जस्तै भएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।

एमालेका तर्फबाट झापा क्षेत्र नं २ मा चार जना सिफारिस भएकोमा देवराज घिमिरेले टिकट पाउने प्रवल संभावना रहेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीकी धर्मशीला चापागाईले उम्मेदवारी दिने भएकी छन् ।

२०३५ सालमा नेकपा मालेको स्थापना भएको थियो । त्यसबेला मैनाली नै महासचिव भएका थिए । २०४७ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेकपा मालेको एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बनेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago