काठमाडौं: हामी सबैलाई थाहा भएकै कुरा हो कि, हामीले सँधै पिउने चिया हाम्रो आफ्नै इलामको चिया बगानबाट उत्पादन भएको हो। तर के तपाईँलाई थाहा छ, चिया किन कालो हुन्छ? अनि चिया पिएपछि किन शरीरमा स्फूर्ती आएजस्तो अनि शरीर तातेजस्तो हुन्छ? अहिलेको यस्तो जाडोको बेलामा सबैलाई चिया पिउन पाए अमृतपान गरेसरह नै हुन्छ। हामीले पिउने ‘कालो चिया’को बारेमा केहि कुराहरू जानिराखौँ।

झाडीको रूपमा पाइने चियाको बोटलाई वैज्ञानिक भाषामा ‘क्यामेलिया सिनेन्सिस’ (Camellia sinensis) भनिन्छ। चियाको इतिहासलाई पल्टाएर हेर्ने हो भने, करीब ४७०० वर्ष पहिले चीनमा पहिलो पटक चिया बनाइएको थियो। चीनका सम्राट ‘सेन्नङ्ग’ले ‘क्यामेलिया सिनेन्सिस’बाट बन्ने चिया विभिन्न किसिमका रोगहरूको उपचारको लागि प्रयोग गर्न सकिने पनि दाबी गरेका थिए।

अक्सिडेसन (Oxidation) प्रक्रियाले गर्दा चियाको हरियो पातलाई गाढा खैरो र कालो रङ्गमा परिवर्तन गराउँदछ। अक्सिडेसन भनेको कुनै पनि वस्तुलाई अक्सिजनले भरिएको हावासँग मिलाउनु हो। जति धेरै अक्सिडेसन भयो, चियाको रङ्ग त्यति नै गाढा हुने गर्दछ। ‘कालो चिया’ भनेको पूर्ण रूपमा अक्सिडेसन भएको अवस्था हो भने, ‘हरियो चिया’ भनेको अक्सिडेसन नभएको अवस्था हो।

मानिसहरूले ‘कालो चिया’ किन पिउँछन्?
हाम्रो बानी भैसक्यो, बिहान उठेपछि सबैभन्दा पहिले चिया पिउने। तर धेरैजसो मानिसहरूले भने शरीर तताउन र स्फूर्ती ल्याउन चिया पान गर्ने गरेको पाइन्छ। विज्ञानले पनि यसलाई पुष्टि गरिसकेको छ। कालो चियामा ‘क्याफिन’ (Caffeine) नामक तत्व धेरै मात्रामा पाइन्छ। यसमा केहि मात्रामा स्टिमुलेटिङ्ग पदार्थ ‘थियोफाइलिन’ (Theophylline) पनि पाइन्छ। यी दुवै पदार्थहरूले मुटुको धड्कन बढाउन मद्दत गर्दछ र हामीलाई केही बढी शक्ति आएको महसुस गराउँछ।

कालो चियामा ‘पोलिफेनल’ (Polyphenol) नामक स्वस्थ पदार्थपनि टन्नै पाइन्छ। यो यस्तो पदार्थ हो, जसले हाम्रो शरीरको कोषहरूलाई क्षति हुनबाट बचाउँदछ। कतिपय वैज्ञानिकहरूको के विश्वास रहेको छ भन्दा, चियामा पाइने पोलिफेनलले केहि किसिमको क्यान्सरलाई समेत हटाउन सक्छ। उदाहरणको लागि हेर्नुपर्दा, नियमित कालो चिया पान गर्ने महिलाहरूमा भन्दा चिया नपिउने महिलाहरूमा डिम्बाशयको क्यान्सर हुने खतरा बढी भएको अनुसन्धानबाट पाइएको छ।
black tea

तर पनि यसको बारेमा धेरै अनुसन्धान हुन बाँकी छ। तथापी, कालो चियाले स्तन क्यान्सर, पेटको क्यान्सर वा मलाशयको क्यान्सरको खतरालाई कम गराउँदैन भन्ने अनुसन्धानबाट पाइएको छ। अझै ठूलो चित्र हेर्ने हो भने, हृदयघात हुनबाट पनि कालो चियाले धेरै नै बचाउने गर्दछ।

नियमित रूपमा कालो चिया पिउनाले यी विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः

मधुमेह
उच्च कोलेस्ट्रोल
मृगौलाको पत्थरी
फोक्सोको क्यान्सर
के हामीले चिया बनाउने तरिका ठीक छ?
सफा पिउने पानी नपाइने भू-भागहरूमा पानी उमालेर चिया बनाउनु उचित देखिन्छ। यसरी उमाल्दा पानीबाट फैलिने किटाणु र जीवाणुहरूबाट पनि मुक्त हुन सकिन्छ।

तर हालै, धेरै वैज्ञानिकहरूको के चासो छ भन्दा, के यसरी धेरै पानी उमालेर चिया बनाउनु उचित छ? उनीहरू भन्छन् कि चिया धेरै उमाल्दा त्यसमा लेउ लाग्ने गर्दछ, जसलाई ‘डिकक्सन’ (decoction) भनिन्छ, जसमा हामीले सोँचेभन्दा बढी परजिवीहरू पाइन्छन्।

कालो चियाको बारेमा धेरै भन्दा धेरै अनुसन्धान हुँदै आइरहेको भएतापनि विभिन्न रोगहरूको निर्मुल पार्न चियालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा भने २०१५ सम्ममा पनि कुनै नतिजा निस्किन सकेको छैन।

कालो चिया पिउँदा शरीरमा के-कस्ता असरहरू हुने गर्छन्?
सामान्य मात्रामा कालो चिया पिउँदा (दिनमा ४ कप जति) रक्तचापमा थोरै वृद्धि हुने देखिएतापनि यसको असर भने धेरै समयसम्म नरहने पाइएको छ। लामो समयसम्म हुने उच्च रक्तचाप र चिया पिउने मात्रामा कुनै सम्बन्ध नरहेको पनि वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन्।

केहि वर्षअघि गरिएको प्रारम्भिक खोजले के बताउँछ भन्दा कालो चिया पिउनाले मानिसको पाचनप्रक्रिया छिटो हुने गर्दछ र रगतको चापलाई पनि हलुका बढाउँदछ, जसले गर्दा शरीरमा स्फूर्ती आउँदछ। रगतको चापमा परिवर्तन गराउने कुरामा ध्यान दिनु जरुरी भएतापनि रिँगटा लाग्ने र कम रक्तचाप भएका व्यक्तिहरूले कालो चियाको प्रयोग गरेमा उनीहरूको स्वास्थ्य स्थितीमा धेरै नै सुधार आउने अनुसन्धानकर्ताहरूको दाबी रहेको छ।

तर धेरै मात्रामा कालो चिया पिउनाले मानव शरीरमा ‘आल्मुनियम’को मात्रा पनि बढ्ने गर्दछ। शरीरमा उचित मात्रामा आल्मुनियम हुनु ठीकै हो तर आल्मुनियमले ‘अल्जाइमर रोग’ निम्त्याउन सक्ने पनि प्रष्टै देखिन्छ। हालै भएको सर्वेक्षणबाट के देखिएको छ भन्दा, विशेष गरी चीनमा पाइने चियामा ‘लिड’ (lead) र भारतीय क्षेत्रमा पाइने चियामा ‘आल्मुनियम’ (Aluminium) बढी हुने गर्दछ। तर यस विषयमा भने थप अनुसन्धान हुन बाँकी नै छ।

कालो चिया पिउँदा देखिने साइड-इफेक्टहरू के-के हुन्?
हुन त नेपालमा धेरैले कालो चिया पिउने गर्छन्, तर कतिपय मानिसहरूले कालो चिया मन पराउँदैनन्। किनभने, कुनै-कुनै व्यक्तिहरूमा कालो चियाले विभिन्न किसिमका साइड-इफेक्टहरू पैदा गराउँदछ, जस्तैः

तनाव बढ्ने र सुत्न अप्ठ्यारो हुने
छोटो स्वास आउने
टाउको दुख्ने
मुत्रविसर्जन प्रक्रिया बढ्ने
मुटुको धड्कनमा अनियमितता आउने
रिँगटा लाग्ने र वान्ता हुने
चिन्ता र थकान बढ्ने
कानमा केहि बजेजस्तो हुने
शरीरमा कम्पन पैदा गर्ने
“खान पायो भन्दैमा क्वाप्प नखानु” भन्ने त उखान नै छ नि! त्यसैले चिया पिउँदा पानि उमाल्ने समय र चियाको गुणस्तर हेर्नु धेरै महत्वपूर्ण हुन आउँछ। चिया पिउँदा आफ्नो शरीरमा कस्तो किसिमको फरक आउँछ, त्यसलाई विचार गरेर चिकित्सकको सल्लाह लिनु पनि आवश्यक हुन आउँछ। धेरै चिसो मौसमको बेला चिया पनि सामान्यभन्दा बढी नै उमाल्नुपर्दछ, तर गर्मी मौसममा चिया धेरै उमाल्दा माथि भनेजस्तै ‘डिकक्सन’ हुने गर्दछ, जसले झन् धेरै किटाणुहरू बोकेको हुन्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago