जापान भ्रमण रहेका माओवादि अध्यक्ष ‘प्रचण्ड’ ले सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निकेईसंग भेटवार्ता गर्ने

टोकियो- जापानमा भ्रमणमा शनिबार जापान आईपुगेका नेकपा माओवादि केन्द्रका अध्यक्ष एवं पुर्व प्रम पुष्प कमल दाहालले सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने भएका छन ।

आयोजकले  दिएको जानकारी अनुसार शनिबार विहान नारिता आईपुगेका अध्यक्ष प्रचण्डलाई नारितामा केहि समयको विश्राम पछि सिधै नेपाल फेष्टिवल उदधाटनका लागि फुकुओका लगिएको छ ।

फुकुओका पछि आईतबार विहान अध्यक्ष प्रचण्ड हिरोसिमा जानुहुने कार्यक्रम तय भएको छभने सोहि दिन जनप्रगतिशिल मंच जापानले आयोजना गर्ने ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुल्ला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि जापानमा भईरहेको विकासहरु, कृर्षि क्षेत्रको विकास लगायतका क्षेत्रहरुमा अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निकेईसग भेटवार्ता अध्यक्ष प्रचण्डले अगष्ट ९ तारिक जापानको सत्ताधारी दल एलडिपिका महासचिव तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

टोकियोमा हुने उक्त भेटवार्ताका लागि नेपाली दूतबास टोकियोले पूर्व तयारी शुरु गरिसकेको र भेटवार्तामा छलफल हुने विषयहरुका बारेमा तयारीमा जुटेको जनाएको छ । तोसिहिरो निक्केई सत्तारुड दल एलडिपिका प्रभावशाली नेता मानिन्छन, निक्केई सेन्सेईको नामले जापानमा परिचित उहा जापान- नेपाल संसदिय समितिका सभापित पनि हुन ।

 

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago