ब्रेन ल्यान्ड एकेडेमी मा राष्ट्रिय सेवा दल को उद्घाटन

काठमाडौँ ,संजय पौड्यल – महासचिव पारसमणि दाहालको प्रमुख अतिथिमा ब्रेन ल्यान्ड एकेडेमी मा राष्ट्रिय सेवा दलले कार्यक्रम सञ्चालन गर्ने भएको छ । NCC प्रतिनिधि सेनानी श्री सुनिल रावतको उपस्थितिमा यो कार्यक्रम सञ्चालन भएको  थियो ।

अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले राष्ट्रिय सेवा दलले (NCC) अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न तालिमहरु दिइने छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भ्रातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको युवा जनशक्तिको विकास गर्ने उद्येश्यले नेपाली सेनाको सहकार्यमा यस्तो प्रशिक्षण दिदै आएको छ ।

NCC लाई राष्ट्रिय क्याडेट कोरको रूपमा लिइन्छ जहाँ विद्यार्थीहरूलाई स्कूल परिसरमा सेना अधिकारीद्वारा प्रशिक्षण दिइनेछ। ब्रेन ल्यान्ड एकेडेमीका  १८ केटा र १८ केटीहरूको छनोट छिट्टै सम्पन्न हुनेछ। नेपाली सेनाको समन्वयमा  यो कार्यक्रम यस शैक्षिक वर्षमा सञ्चालनमा आउने छ ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago