एमालेले अर्थमन्त्री शर्माले संसद्‌को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने

काठमाडौँ: प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बज्दासम्म पनि बस्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मासम्बन्धी विवादले गर्दा संसद् बैठक अवरुद्ध हुने भएकाले बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले संसद्‌को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिइसकेको छ । संसद्‌मा अर्थमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन र नियमित झैं चलाउनका लागि मन्त्रीहरू एमाले संसदीय दलका पदाधिकारीसँग छलफल गरिरहेका छन् ।
संघीय संसद्, बानेश्वरमा रहेका एक अधिकारीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतसँग छलफल गरिरहेका छन् ।

सभामुख सापकोटाले भने गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङसँग छलफल गरिरहेका छन् ।

बजेट निर्माणका क्रममा मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको आरोप छ । एमालेले त्यसको छानबिन माग गरिरहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago