नेपालको पहिलो र एक मात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल

काठमाडौं प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो र एक मात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ ।

फाइल फोटो

ललितपुर, सातदोबाटोको खुमलटारस्थित प्रिमियर स्कुलले ११ र १२ कक्षाका विद्यार्थीहरूका प्रि–युनिभर्सिटी कार्यक्रम ‘आईबीडीपी’ कार्यक्रम हालै सञ्चालनमा ल्याएको हो ।आईबीडीपी कार्यक्रमका लागि इन्टरनेसनल आईबीबाट मान्यता प्राप्त गरेको यस स्कुल अब पूर्ण रूपमा आईबी वर्ल्ड स्कुल वा आईबी कन्टिन्युम स्कुलको  रूपमा स्थापित भएको हो ।

आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम, डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ ।

वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरूमध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरूलाई कन्टिन्युम विद्यालयका रूपमा चिनिन्छ । केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पीवाईपी र कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रम प्रदान गर्ने  प्रिमियर स्कुल नेपालको पहिलो र एक मात्र स्कुल हो ।

प्रिमियर इन्टरनेसनल स्कुलका संस्थापक पवित्रा लिम्बू भन्छिन्, ‘प्रिमियर इन्टरनेसनल स्कुलले प्राप्त गरेको आईबी कन्टिन्युम स्कुलको उपलब्धिसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालयीय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ ।’

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago