नेपालको पहिलो र एक मात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल

काठमाडौं प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो र एक मात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ ।

फाइल फोटो

ललितपुर, सातदोबाटोको खुमलटारस्थित प्रिमियर स्कुलले ११ र १२ कक्षाका विद्यार्थीहरूका प्रि–युनिभर्सिटी कार्यक्रम ‘आईबीडीपी’ कार्यक्रम हालै सञ्चालनमा ल्याएको हो ।आईबीडीपी कार्यक्रमका लागि इन्टरनेसनल आईबीबाट मान्यता प्राप्त गरेको यस स्कुल अब पूर्ण रूपमा आईबी वर्ल्ड स्कुल वा आईबी कन्टिन्युम स्कुलको  रूपमा स्थापित भएको हो ।

आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम, डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ ।

वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरूमध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरूलाई कन्टिन्युम विद्यालयका रूपमा चिनिन्छ । केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पीवाईपी र कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रम प्रदान गर्ने  प्रिमियर स्कुल नेपालको पहिलो र एक मात्र स्कुल हो ।

प्रिमियर इन्टरनेसनल स्कुलका संस्थापक पवित्रा लिम्बू भन्छिन्, ‘प्रिमियर इन्टरनेसनल स्कुलले प्राप्त गरेको आईबी कन्टिन्युम स्कुलको उपलब्धिसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालयीय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ ।’

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago