मदिरा बेच्‍न पनि कडाइ, मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौँ: आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्‍ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्‍ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्‍न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

यसैगरी, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा उल्लेख भए बमोजिम मात्र मादक पदार्थ निषेध तथा बिक्री वितरण गर्न दिने भएको छ ।

वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago