ड्रागन फल र किवि खेती बीमालेख जारी, किसानको पनि दुर्घटना बीमा हुने

काठमाडौं: बीमा समितिले लागत र उत्पादनमा आधारित किवि खेती र ड्रागन फल खेती बीमालेख जारी गरेको छ । किवि खेती र ड्रागन फल खेती हुन सक्ने संभावित क्षति वा जोखिमको रक्षा वरण गर्न समितिले उक्त बीमालेखहरु जारी गरेको हो ।

समितिले जारी गरेको किवि खेती र ड्रागन फल खेती बीमालेख अनुसार किवि र ड्रागन फल खेतीमा बीमा अवधि भित्र अग्नी जन्य,हावाजन्य,पानीजन्य,मौसमजन्य,भुमिजन्य, चट्याङ्जन्य,आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट भएको क्षति र रोग तथा किराजन्य क्षतिको रक्षावरण हुनेछ ।

यस्तै बीमा अवधि भित्र बीमित (किसान) को आत्महत्य बाहेकका अन्य कुनैपनि करणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एउटा हातको नाडी देखि माथि पुरै हात नचल्ने भएमा,कुनै एउटा खुट्टाको गोलिगाँठो देखि माथि पूरै खुट्टा काम नगर्ने भएमा दुबै आँखाको दृष्टि गुमेमा दुर्घटना बीमा बापत २ लाख रुपैयाँ सम्म भुक्तानी हुनेछ ।

किवि र ड्रागन फल खेतीमा अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने,अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने समितिले जनाएको छ ।

यस्तै विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम तथा अन्य बीमामा जस्तै युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षति पनि जोखिम बहन नहुने बीमालेखमा उल्लेख छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago