काठमाडौं: आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । यो साता लगातार शेयर बजार ओरालो लागेको छ । आज परिसूचक नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेय। मुल्य घटेको छ ।
आज दिनभरिमा २२६ वटा कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज नविल बैंकको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइप इन्स्योरेन्स कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तारागाउ रेजेन्सीका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…