चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उहाँले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरु यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा त्यसलाई घटाउँदै निर्यात गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रम र प्राकृतिक स्रोतलाई पूँजीमा बदलेर आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि निजी क्षेत्र र सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

बन्दरगाह आज उद्घाटन भएसँगै सडकमार्फत सिधैँ समुद्रबाट काठमाडौँ जोडिएको र यसले व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास छ । मन्त्री शर्माले लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल भएको स्पष्ट पार्नुभयो ।

समारोहमा आयात निर्यातको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले फागुन मसान्तसम्म वैदेशिक आयात रु १३ खर्ब आठ अर्बको रहेको र यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको बताउनुभयो । निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको जानकारी दिँदै उहाँले अघिल्लो वर्षको भन्दा केही सुधार भएको बताउनुभयो ।

उहाँले यसबाट कूल वैदेशिक व्यापारको हिस्सामा १० दशमलव ४१ प्रतिशत हुनु न्यून हो भन्नुभयो । कोभिड–१९ ले एउटा शिक्षा दिएको समयमा रुस र युक्रेनको युद्धले पनि नेपाली अर्थतन्त्रमा गहिरो रुपमा चुनौती थपिएको मन्त्री शर्माको भनाइ थियो । फागुन मसान्तसम्म रु नौ खर्ब ४० अर्बको सञ्चिति रहेको र यसले ६ महिनाका लागि माल वस्तुको खरिद गर्न सकिने अवस्थामा मुलुक रहेको उहाँले उल्लेख गर्नुभयो । केही चुनौती आउन सक्छन् भनेर सतर्कता अपनाएको उहाँले बताउनुभयो । रेमिट्यान्स चार प्रतिशत ऋणात्मक रहेकामा अहिले ३ प्रतिशत धनात्मकमा आएको उहाँले जानकारी दिनुभयो । – रासस

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago