यसरी पक्राउ परे ‘नक्कली परीक्षार्थी, एमबीबीएस प्रवेश परीक्षा काण्ड!

काठमाडौं: नक्कली परीक्षार्थी बनेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले पाँचजना विद्यार्थी अनुसन्धानका लागि राखिएका छन् । उनीहरूमाथि एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोप लागेको छ ।
गएको शुक्रबार पक्राउ गरिएका उनीहरूलाई परिसरले आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ । नक्कली परीक्षार्थीलाई सम्बन्धित कलेजबाट निकालिसकिएको छ । आरोप पुष्टि भए उनीहरूमाथि नियमाअनुसार कारबाही हुने छ ।

यसरी पक्राउ परे ‘नक्कली परीक्षार्थी’
चिकित्सा शिक्षा स्नातक तहअन्तरगत १४ वटा विषय छन् । ती सबैका लागि चिकित्सा शिक्षा आयोगले चैत १८, २० र २१ गते एकीकृत परीक्षा लिएको थियो । परीक्षामा ३५ हजार परीक्षार्थी सहभागी भएको आयोगको तथ्यांक छ । तीमध्ये एमबीबीएस तहको परीक्षामा अरुको नाममा परीक्षा दिइरहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, अहमद अन्सारी र सन्नीकुमार शाह छन् । उनीहरूमध्ये ४ जना किस्ट मेडिकल कलेजमा एमबीबीएस पहिलो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् भने अर्का एक जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौंको सीसीआरसी कलेज, एम्बिसन कलेज, ग्रामर पब्लिक स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
केही रकम एड्भान्समा, नाम निस्किएपछि १८ लाखसम्म !
एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर गएकाहरूले प्रवेशपत्र सक्कली विद्यार्थीकै लिएको र फोटो आफ्नो टाँसेको पाइएको प्रहरीले जनाएको छ । तर, उनीहरूले नागरिकता भने सक्कली परीक्षार्थीकै लिएर गएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
नक्कली परीक्षार्थीले एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेबापत १८ लाख रूपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । उनीहरूले अरूको नाममा परीक्षा दिने सम्झौता गर्दा ५० हजार देखि १ लाखसम्म एड्भान्सबापत रकम लिने गरेको र परीक्षाको नतिजा आएपछि ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
कुँवरकाअनुसार नाम मात्रै निस्किएमा थोरै रकम, शुल्क तिरेर पढ्नुपर्नेगरी नाम निस्किए सोहीअनुसार र पूर्ण छात्रवृत्तिमा नाम निस्किए १८ लाख रूपैयाँसम्म पैसा लिने गरेको पाइएको छ । कतिपय विद्यार्थीको हकमा भने आर्थिक अवस्थाका आधारमा सोहीअनुसार पैसाको डिल हुने गरेको अनुसन्धानले देखाएको छ । विश्वविद्यालयमा धेरै अंक ल्याएका पूर्व विद्यार्थीदेखि भारतीय नागरिकसम्म नक्कली परीक्षार्थीको रूपमा परीक्षामा सहभागी हुने गरेको पाइएको कुँवरले बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार प्रत्येक शैक्षिक सत्रका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनु अगावै चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय प्रतिष्ठान र अन्य शिक्षण संस्थासँगको समन्वयमा एकीकृत परीक्षा हुनेछ । यस अर्थमा अहिलेको प्रवेश परीक्षामा चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमलगायत सम्बन्धित निकायहरू यो केसमा जिम्मेवार देखिन्छन् ।
प्रहरीलेसमेत नक्कली परीक्षार्थीको उपस्थितिका लागि बिचौलियाले समन्वयकारी भूमिका निर्वाह गरेको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाइरहेको छ । तर, आयोगलगायतका सम्बन्धित निकायहरू भने यसमा पूर्णत: नक्कली र सक्कली दुवैतर्फका विद्यार्थीको मात्रै हात रहेको भन्दै पन्छिन खोजेको देखिन्छ ।
व्यक्ति दोषी हो, अरूको नाम जोडेर बद्नाम गर्नु ठिक होइन : आयोग
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी सक्कली परीक्षार्थीको नाममा अन्य व्यक्तिहरू परीक्षामा सहभागी हुनु आपाराधिका कार्य भएको भन्दै आवश्यक कारबाही हुने बताउँछन् ।
“नक्कली परीक्षार्थी बनेको आरोपमा प्रहरीले पक्राउ गर्नेबित्तिकै उनीहरू सम्बन्धित कलेजबाट त रस्टिकेट भइसके । आरोप पुष्टि भएमा थप कानुनी कारबाही हुनेछ,” डा. गिरीले भने, “यो केसमा सम्बन्धित कलेजको नाम जोडेर बद्नाम गर्नुभन्दा पनि व्यक्ति स्वयम्लाई कारबाही हुनपर्छ । फट्याइँ नक्कली परीक्षार्थी बन्नेहरूको हो ।”

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago