अब बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक

लन्डन: बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो । डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेका थिए ।

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए । उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago