इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौँ: युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्‍वार्टरफाइनल खेलमा मंगलबार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्‍यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ ।

अर्को खेलम लिभरपुलले बेन्फीकामाथि ३-१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे । पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे ।अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago