नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ५ रूपियाँ बढाएको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । निगमका अनुसार मूल्य वृद्धि गर्दा पनि निगमलाई १ महिनामा ९ अर्ब २७ करोड अनुमानित घाटा छ। चालु आवमा निगमको सञ्चित नोक्सानी ३३ अर्ब रुपिया पुगिसकेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…