जापान । कुमामोतो नेपाली समाज द्वारा जापानी भाषा परिक्षा (JLPT N1 )पास गर्ने विद्यार्थी लाई सम्मान कुमामोतो नेपाली समाजले कुमामोतोमा रहेका नेपाली विद्यार्थी हरुलाई अध्ययनमा थप प्रेरणा मिलोस भन्ने उदेश्यका साथ जापानी भाषा परिक्षा N1 पास गर्ने ७जना विधार्थी हरुलाई आज सम्मान गरेको छ । सम्मानित हुने हरुमा गोपाल शर्मा बस्याल, बिजय कार्की, नोजिमा वाइबा मदन पौडेल, पुजा खनाल, राजेश सोती, सुलोचना कारान्जित रहनु भएको थियो ।
भौतिक रुपमा उपस्थिती हुनु भएको लाई त्यस कार्यक्रममै सम्मान गरिएको थियो भने भौतिक रुपमा उपस्थिती हुन नसकेको लाई कार्यसमितीका प्रतिनिधि मार्फत प्रदान गरिने कुरा कार्यसमिती सदस्य आशिष गुरुङ ले जानकारी दिनु भयो।
कुमामोतो नेपाली समाजका सल्लाहाकार राजु गरै को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यसमिती सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको समेत उपस्थीती रहेको थियो।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…