मेधावी विद्यार्थी लाई जापानमा सम्मान

टोकियो: जम्मभुमि छोडेर बिदेशि भुमिमा काम र पढाइलाई संगसंगै लगेर आर्थिक रुपले सम्पन्न उन्नत समाजमा विश्वको जुनसुकै ठाउँमा भएपनि आफ्नो उत्कृष्ट नतिजा दिन सफल नेपाली हरुको आफ्नै पहिचान छ। आज आइतवार जापानमा यस्तै मेधावि विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कुमामोतो नेपाली समाजले कुमामोतोमा रहेका नेपाली विधार्थी हरु लाई अध्ययनमा थप प्रेरणा मिलोस भन्ने उदेश्यका साथ जापानी भाषा परिक्षा N1 पास गर्ने ७जना विधार्थी हरुलाई आज सम्मान गरेको छ। सम्मानित हुने हरुमा गोपाल शर्मा बस्याल, बिजय कार्की, नोजिमा वाइबा , मदन पौडेल, पुजा खनाल, राजेश सोती, सुलोचना कारान्जित रहनु भएको थियो।
भौतिक रुपमा उपस्थिती हुनु भएको लाई त्यस कार्यक्रममै सम्मान गरिएको थियो भने अनुपास्थित लाई कार्यसमितीका प्रतिनिधि
मार्फत प्रदान गरिने कुरा कार्यसमिती सदस्य आशिष गुरुङ ले जानकारी दिनु भयो।

कुमामोतो नेपाली समाजका सल्लाहाकार राजु गरै को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यसमिती सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको समेत उपस्थीती रहेको थियो।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago