बडिगाड माईत भएकी बागलुङको निसिखोलाकी विमला ७ दिन देखि बेपत्ता

२०७८, २२ फाल्गुन आईतवार १३:५०

बाग्लुङ: बाग्लुङको निशिखोलाकी एक महिला ६ दिन देखि सम्पर्क विहिन भएकी छिन्। निसिखोला गाउँपालिका वडा नं २ काल्नेचौर निवासी विमला कुँवर घर्ती यही फाल्गुण १५ गतेदेखि बेपत्ता भएको परिवारले बताएका छन्।

घरबाट माईती गाउँ बडिगाड गाउँपालिका ७ डाडागाउँ जान्छु भनेर हिँडेकी उनी सोही दिन देखि सम्पर्क विहिन भएको दिदी युमा कुँवर विष्टले जानकारी दिईन्। ‘घरमा माईत जान्छु भनेर हिँडेकी रहेछे, उनले भनिन् आफन्त, छरछिमेक सबैतिर खोजी गर्यौँ। कतै पनि पत्ता लाग्न सकेन्।’

परिवारले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा विमलाको खोजिका लागि निवेदन दिएका छन्। १ वर्ष अगाडी मात्रै बिहे गरेकी उनका श्रीमान वैदेशिक रोजगारीका क्रममा हाल दुबईमा रहेका छन्।

२१ वर्षीय घर्तीलाई खोजि गरि सहयोग गरिदिन् दिदी युमाले आग्रह गरिन्। उनले कहीँ कतै देखे वा भेटे नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं ९८४३३६१६६२ मा फोन गर्न आग्रह गरेकी छिन्।

Comments

ताजा खबर