काठमाडौं: नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने भएको छ। कम्पनीले यस वर्ष सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । को साधारण सभा प्रयोजनको लागि आज एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।
नेप्सेले सेयर मूल्य पनि समायोजन गरेको छ। नेप्सेले शुक्रवार कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य १ हजार २० को आधारमा १९ प्रतिशत बोनस सेयरपछिको मूल्य ८५७.१४ तोकेको हो।
कम्पनीको पछिल्लो ५२ हप्तामा १३४६ रुपैयाँसम्म अधिकतम कारोबार भएको थियो। भने न्युनतम ७८० रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ३४ अर्ब रुपैयाँ पुगेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…