पाँच प्रदेशका ठूला शहरसँग जोडियो पोखरा

पोखरा: पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो ।

बुद्धले सातौँ शहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ ।

बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिए । पहिलो चरणमा सातामा तीन दिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि बताए । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान शुरु गरेको छ ।

स्टेशन म्यानेजर बरालले भने, ‘आजबाट हामीले पोखराबाट जनकपुरमा फ्लाइट शुरु गर्‍यौं । अब हामीले निकट भविष्यमा विराटनगर र भद्रपुर शुरु गर्दैछौँ । अहिले सामान्यतया प्यासेन्जर फ्लो धेरै राम्रो छ । अधिकांश प्यासेन्जर नेपाली नै छन् । विदेशीहरु आएको अवस्था छैन । कोभिडपछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने थियो तर राम्रो भएको छ ।’

‘कोभिड भन्दा अगाडिको स्थितिमा आइसकेको छ । बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ । धनगढी, भैरहवा, जनकपुर, भरतपुर सिमरा गरेर १७ वटा फ्लाइट गर्दछौँ । सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ । १२ सय जना प्यासेन्जर हुन्छन् ।’

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ ।

पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए । बुद्धले पोखराबाट काठमाडौंसहित ठूला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि बताइएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago