किन युक्रेनमा पालना भएन युद्धविराम?

मस्को: सैन्य आक्रमण सुरु गरेको दसौं दिनमा युक्रेनका दुई सहरमा ‘अस्थायी युद्धविराम’ घोषणा गरेको रुसले त्यसको पालना नगरेपछि सर्वसाधारणको उद्धारमा कठिनाइ भएको छ ।
रुस तथा युक्रेनका अधिकारीले मरिउपोल र भोल्नोभाख सहरमा अस्थायी युद्धविराम गर्ने सहमति भएको घोषणा गरेका थिए । रुसी समाचार संस्था तासले युद्धविराम सहमतिसँगै ती सहरका स्थानीयलाई बाहिर निस्कन मानवीय निकाश मार्ग खुला गरिने जनाएको थियो । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि मार्ग खुला गर्ने सहमति भएको थियो ।

तर रुसी पक्षले युद्धविरामको पालना नगरेपछि सर्वसाधारणलाई मरिउपोलबाट बाहिर लैजाने काम स्थगित गर्नुपरेको युक्रेनी अधिकारीले जनाएका छन् । सर्वसाधारणहरू फरकफरक स्थानमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइनेसमेत जनाएका छन् ।
मरिउपोलका उपप्रमुखले सहरमा अझै बमबारी भइरहेको र निकास मार्ग सकिने स्थानमा दुई देशका सेनाबीच भिडन्त जारी रहेको बताएका छन् । स्थानीयले सहरमा हरेक पाँच मिनेटको समयमा एउटा बम पड्किएको आवाज सुनिने गरेको बताएका छन् ।

तर रुसी रक्षा मन्त्रालयले भने युक्रेनको दाबी गलत भएको र आफूहरूले सर्वसाधारणलाई सहरबाट बाहिरिन नरोकेको जनाएको छ । ‘युक्रेनी राष्ट्रवादीहरूले नागरिकलाई सहरहरू छाड्नबाट रोकेका छन्,’ रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले युक्रेनी फौजलाई ‘राष्ट्रवादीहरू’ भन्ने गर्छ ।

सर्वसाधारणका लागि मानवीय सहयोगद्वारा बनाएपछि युक्रेनी फौजले उल्टै रुसी सेनामाथि आक्रमण गरेको दाबी गरेको छ । युक्रेनका दुई सहर मरिउपोल र भोल्नोभाखमा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी छ ।

रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण केन्द्रित गरिएको जनाएको छ । आक्रमणपछि रुसी सेनासँग लड्न ६६ हजार २ सय २४ जना युक्रेनी स्वदेश फर्केका युक्रेनका रक्षामन्त्रीले दाबी गरेका छन् ।

राष्ट्र संघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा अमेरिकाले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रुसी आक्रमणलाई लापरबाहीपूर्ण कदमको संज्ञा दिएको छ । ‘भगवानको कृपाले संसार सम्भावित एक परमाणु प्रकोपबाट बच्यो,’ राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले भनेकी छन् ।

युक्रेनको दक्षिण–पूर्वी क्षेत्र जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रुसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो । जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ । तर रुसले केन्द्रमा आक्रमण नगरेको बताउँदै आएको छ । केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूको भनाइ छ ।

रुसले हालसम्म युक्रेनको खर्किभ सहरलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकेको छ । त्यस्तै राजधानी किभलगायतका सहरहरूमा भने आक्रमण जारी राखेको छ । रुसी सेनाको आक्रमणका कारण शनिबार साँझसम्ममा करिब १२ लाख सर्वसाधारणले युक्रेन छाडेका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च निकाय यूनएचसीआरले जनाएको छ ।

युक्रेन छाड्नेमध्ये आधाभन्दा बढी पोल्यान्ड पुगेका जनाइएको छ । पोल्यान्ड पुग्ने युक्रेनीको संख्या करिब ७ लाख पुगेको जनाइएको छ । त्यस्तै १ लाख ५० हजार हंगेरी र बाँकी मोल्दोभा, स्लोभाकिया र रोमानिया पुगेका जनाइएको छ । यूएनएचसीआरका अनुसार देशभित्रै विस्थापित हुनेको संख्या पनि निकै ठूलो छ । ‘उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ । अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्,’ उसले भनेको छ ।

यसैबीच, रुसी राष्ट्रिय विमान सेवा एरोफ्लटले अधिकांश अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ । उसले ‘विभिन्न परिस्थिति’ का कारण सेवा अवरुद्ध गर्नुपरेको जनाएको छ । आन्तरिक तथा छिमेकी देश बेलारुससँगका उडानमा भने कुनै असर नपर्ने विमान सेवाले जनाएको छ ।

युरोपेली संघ, बेलायत, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाए पनि अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ । रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ । रुसले सामाजिक सञ्जाल फेसबुकमाथि पनि प्रतिबन्ध लगाएको छ । त्यसका साथै, ट्वीटर तथा युट्युबको पहुँचमा पनि रोक लगाइएको जनाइएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago