किन दमकल किन्न गाउँपालिकाले बेवास्ता गर्छहोला ?

पाँचथर: २९ पुसको साँझ पाँचथरको फालेलुङ–६ बरभन्ज्याङमा आगलागी भयो । आगो सल्केको एक घण्टाभित्रै ३ घरसहित ८ पसल जलेर खरानी भए । त्यही साँझ पाँचथरकै कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा पनि आगो लाग्यो । एक घर र ५ पसल जल्दा ९० लाख रुपैयाँ बढीको क्षति भयो ।
यसअघि जिल्लाको फाल्गुनन्द, हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न स्थानमा लागेको आगो बेलैमा नियन्त्रण हुन नसक्दा स्थानीयको जायजेथा खरानी भयो । पहाडी बजारका प्रायः घर काठपातले बनाएका हुन्छन् । ती घरभित्र अलैंची र अम्रिसो जस्ता बालीको भण्डारण गरिने भएकाले पनि आगलागीमा ठूलो परिमाणको धनजन क्षति हुन्छ । हिउँद सुरु भएपछि जेठ–असारसम्म आगलागीका घटना भइरहँदा पनि स्थानीय तहले दमकल खरिद गर्ने दिशामा चासो देखाएको छैन । एउटा नगर र ७ गाउँपालिकासहित ८ स्थानीय तह रहेको पाँचथरको फिदिम नगरपालिकाबाहेक अन्यत्र दमकल छैन । उता ताप्लेजुङभर फुङलिङ नगरपालिकामा एउटा मात्रै दमकल छ ।

ती स्थानमा हुने साना–ठूला सबैखाले आगलागीका घटनामा आगो निभाउन फिदिम नगरपालिकाकै दमकलको भरथेग छ । पाँचथरसहित छिमेकी तेह्रथुमको आठराई र ताप्लेजुङमा आगलागी हुँदासमेत फिदिमकै दमकल पुग्छ । फिदिमको २ मध्ये एउटा दमकल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने अर्को नगरपालिकामै छ । आगो निभाउन एक दमकलमा कम्तीमा ६ जनाका दरले दक्ष जनशक्ति आवश्यक हुन्छ ।
आगलागी जतिबेला र जहाँसुकै हुन सक्ने भएकाले दमकलका पार्टपुर्जा चेकजाँच, इन्धन भर्ने तथा आवश्यकताअनुसारका जनशक्तिलाई आगो निभाउने तालिम र आवश्यक उपकरणसहित तैनाथ राखेर नियन्त्रणमा खटाइने प्रकोप व्यवस्थापनको अगुवाइ गर्दै आएका वडा नम्बर ४ का अध्यक्ष प्रकाश गुरुङ बताउँछन् । ‘दुईमध्ये एउटा दमकलका मात्रै चालक नियुक्ति गरिएको छ, बाँकी एउटा आफैं हाँकेर आगो निभाउन पुग्छु,’ उनी भन्छन् । पहाडी बजारमा सल्कनासाथ आगोले ठूलो रूप लिने, ढिला गरी खबर आउने, जाने बाटो साँघुरो हुने तथा सदरमुकामभन्दा टाढाको दूरीमा आगलागी हुने हुनाले धेरै क्षति भइसक्दा मात्रै पुग्ने गरेको गुरुङको अनुभव छ ।

फिदिमका दमकलले पाँच वर्षको अवधिमा जिल्लामा भएका साना–ठूला गरी ३५ ठाउँको आगो निभाउनुका साथै छिमेकी आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजार, ताप्लेजुङ सदरमुकाम फुङलिङ र ताप्लेजुङकै दोभानसम्म पुगेर नियन्त्रणमा साथ दिएको छ । आगो नियन्त्रण गर्नबाहेक बजार क्षेत्रमा खानेपानीको अभाव हुँदा घरघरमा लगेर पानी वितरणमा पनि फिदिमकै दमकल प्रयोग गरिन्छ । पाँचथर सदरमुकाम फिदिमबाट ४५ मिनेट दूरीेको तेह्रथुमको आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजारमा दमकल छैन । फिदिमकै दमकलको भर छ । अर्को छिमेकी ताप्लेजुङको फुङलिङ नगरपालिकामा एउटा मात्रै दमकल छ ।

पाँचथरसहित छिमेकी दुइटै जिल्लामा आगलागीका घटना भइरहन्छन् । ‘जतिबेला जहाँबाट पनि खबर आउन सक्छ, यन्त्र र जनशक्ति तैनाथ राखेर नियन्त्रणमा खट्छौं,’ पाँचथरका प्रहरी प्रमुख राकेश थापा भन्छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago