काठमाडौं । एप्पलले २०२२ को आफ्नो पहिलो कार्यक्रम यही मार्च ८ अर्थात् मंगलबार आयोजना गर्ने भएको छ । प्रायः सेप्टेम्बर र अक्टोबर महिना जस्तो मार्च महिनाका कार्यक्रम त्यति रोचक हुने गरेका छैनन् ।

तर यस पटक भने एप्पलले आफ्नो अहिलेसम्मकै सस्तो फोन सार्वजनिक गर्ने चर्चा बजारमा निकै चलेको छ । त्यसैले पनि यस पटकको मार्च इभेन्ट विशेष हुनसक्छ ।

यस वर्षको एप्पलको पहिलो इभेन्टमा आईफोन एसई थ्री, नयाँ आईप्याड एयर र एप्पलको नयाँ सिलिकन म्याक सार्वजनिक हुने बताइएको छ । आज हामी तपाईँलाई मङ्गलबारको कार्यक्रममा सार्वजनिक हुनसक्ने सम्भावित उत्पादनहरू बताउँदै छौँ ।

आईफोन एसई फाइभजी

यस वर्ष सार्वजनिक हुने आईफोन एसई र सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईबीच धेरै भिन्नता नहुने बताइएको छ । आईफोन एसई आईफोन एटपछि सार्वजनिक गरिएको फोन हो ।

जसमा ४.७ इन्चको एलसीडी डिस्प्ले, धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचरहरू रहेका छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध हुनेछैन ।

ए १५ चिपमा आधारित हुने यो फोन ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोन एप्पलको अहिले सम्मकै सस्तो फोन हुने बताइएको छ ।

आईप्याड एयर

मार्च ८ इभेन्टको अर्को आकर्षण हुनेछ, आईप्याड एयरको नयाँ भर्सन । आईफोन एसईमा जस्तै यसको डिजाइनमा केही नयाँ परिवर्तन भने हुनेछैन । यद्यपि यो नयाँ रङ्गहरूमा सार्वजनिक हुने अनुमान छ ।

एप्पलले आईप्याड एयरलाई पनि ए१५ चिपमा अपग्रेड गर्दैछ । साथै यसमा फाइभजी नेटवर्कको सपोर्ट दिइएको छ । यसको मूल्य ५९९ अमेरिकी डलर हुने अनुमान छ ।

म्याक मिनी

एम १ चिप सहित यस पटक एप्पलले म्याकको मिनी भर्सन पनि सार्वजनिक गर्ने बताइएको छ । म्याक मिनीमा एम १ प्रो  र एम१ म्याक्स चिप प्रयोग गरिने बताइएको छ ।

जसमा १० कोर सीपीयू, आठ हाई पावर कोर र दुई हाइ इफिसियन्सी कोरहरू उपलब्ध हुनेछन् । प्रो चिपले ३२ जीबीसम्मको र्‍याम सपोर्ट गर्छ भने एम१ म्याक्सले ६४ जीबी सम्मको र्‍याम सपोर्ट गर्न सक्छ । यो पटकको म्याक मिनी नयाँ रङ्ग र नयाँ डिजाइनमा उपलब्ध हुने बताइएको छ ।

१३ इन्चको म्याकबुक प्रो

बजारमा चलिरहेका चर्चा अनुसार यस पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोको अपडेटेड भर्सन पनि सार्वजनिक गर्दैछ । यसमा एप्पलले एम २ चिप प्रयोग गर्ने बताइए पनि अहिलेसम्म यस विषयमा कुनै निश्चित कुरा भने बाहिरिसकेको छैन ।

यो पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोमा १२० हर्जको रिफ्रेश रेट उपलब्ध गराउने पनि बताइएको छ । यद्यपि यस विषयमा धेरै जानकारी भने बाहिरिएको छैन ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago