श्रीमतीका कारण परिवारमै पीडा, रङ्गे हात भेट्दा पनि न्याय नपाएको गुनासो

स्याङ्जाः स्याङ्जाको चापाकोट घर भै अहिले पोखरा उपमहा नगरपालिका १७ घारिपाटन बस्दै आएका लिलबहादुर गुरुङ आफ्नी श्रीमतिले आफुलाई बिना कारण विभिन्न आरोप लगाई मुद्दा दायर गरेको भन्दै मिडियामा आएका छन । आफु बैदेशिक रोजगारीमा बिदेश हुदाँ कहिल्यै घर नबसी पर पुरुषसगँ लागेर हिड्ने गरेको उनले बताए । तर अहिले आफुलाई खान लाउन दिएन भन्दै श्रीमतिले उजुरी गरेको लिल बहादुरको भनाई छ । बिबाह गरेको केही समय पछि बाट नै श्रीमती आफू खुशी बाहिर हिड्ने गरेको उनको भनाई छ ।

१६ वर्ष अघि बिबाह गरेको एक वर्ष सम्म भने सम्बन्ध ठिकै भएको उनको भनाई छ । आफ्नो एक छोरा पनि भएको लिलबहादुरले बताएका छन । अहिले श्रीमतिले छोरा समेत लिएर हिडेको उनको भनाई छ । बिबाह भएको एक वर्ष पछि देखि श्रीमती घर बस्न छोडेको उनले बताएका छन । सधै माइती तिरै जाने बस्ने गरेको उनको भनाई छ । आफुले धेरै पटक ससुराली गएर सम्झाएर घर ल्याउने प्रयास गरेको लिलबहादुरले बताएका छन । तर श्रीमतिले सधै अपशब्द बोल्ने गरेको उनको भनाई छ ।

छोरा बिदेश मै भएको बेला बुहारिले ६ वर्ष अघि खान लाउन नदिएको भन्दै मुद्दा हालेको लिलबहादुरकी आमाले बताएकी छिन । छोरा वैदेशिक रोजगारिमा कोरिया गए पछि भने बुहारी दशैँमा टीका लाउन एक दिन घर आउने गरेको र अरु बेला सधैँ माइतीमै बस्ने गरेको लिलबहादुरकी आमाले बताएकी छिन । बुहारिले मुद्दा हाले पछि मात्र छोराले बुहारिसगँको सम्बन्ध पहिले देखि नै राम्रो नभएको भनी आफुहरुलाई बताएको लिलबहादुरकी आमाको भनाई छ ।

परिवारको सहमतिमा राम्रैसगँ मागी बिबाह गरेको भएता पनि बिबाह गरेको केही समय देखि नै श्रीमती खासै घर नबसेको लिलबहादुरले बताएका छन । बुबा आमा बिरामी भएकोले घरमा बसेर खाना बनाउने लगायत काममा सहयोग गर भन्दा पनि श्रीमती कहिल्यै केही पनि काम नगर्ने र माइती कसैलाइ नभनी नै हिड्ने गरेको उनले बताएका छन । आफू बैदेशिक रोजगारीका लागि कोरिया गए पछि भने श्रीमती घरमा बस्न नै छोडेको उनले बताए ।

आफु बिदेशमा हुदा नै श्रीमती अन्य केटाहरुसगँ हिड्ने गरेको भन्ने आफुले थाहा पाएको लिलबहादुरको भनाई छ । आफुसग भने खासै कुरा गर्न नै नमान्ने गरेको उनले बताए । श्रीमती अर्कै केटासगँ होटलमा श्रीमान श्रीमती बनेर बसेको भन्ने आफुले प्रमाण नै भेटेको पनि लिलबहादुरले बताएका छन । तर अहिले श्रीमतिले त्यसरी मुद्दा हाले पछि आफुहरु पीडित भएको उनको भनाई छ । श्रीमती त्यसरी अरुसगँ रात बिताउदा पनि उल्टै आफुहरु नै पीडित भएर न्याय नपाएको उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago