दिल्ली: भारतीय रत्न, श्वर साम्राज्ञी गायिका लता मंगेशकरको निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।
लता मंगेशकरले हिन्दी भाषामा मात्र १,००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएकी छिन्। उनी १९८९ मा दादासाहेब फाल्के पुरस्कार बाट सम्मानित गरिएको थियो । सन् २००१ मा लता मंगेशकरलाई भारतको सर्वोच्च नागरिक पुरस्कार ुभारत रत्नु प्रदान गरिएको थियो।
सबैलाई थाहा छ की उनी अविवाहित हुन् । लताका प्रशंसकहरुको दिमागमा उनी अविवाहित किन बसिन् भन्ने प्रश्न पक्कै आउने गर्छ । तर लता मंगेशकर पनि एक पटक कसैको प्रेममा परेकी थिइन्। तर लता को यो प्रेम कहानी कहिल्यै पूरा हुन सकेन। सायद यही कारण हो कि लताले आज सम्म बिहे गरिनन् ।

समाचार अनुसार लता मंगेशकर डुंगरपुर शाही परिवारका महाराजा राज सिंहलाई धेरै माया गर्थिन्। उनी महाराजा लताका भाइ हृदयनाथ मंगेशकरका साथी पनि थिए। तर यो माया पूरा हुन सकेन। भनिन्छ कि राजले आफ्ना आमा बुबालाई वचन दिएका थिए कि उनीहरु एक साधारण घरको कुनै युवतीलाई आफ्नो घर को बुहारी बनाउँदैनन्। राज आफ्नो मृत्यु सम्म यो प्रतिज्ञा कायम राखे।

तर लताले यो कुरा भने कहिल्यै आफुले भनेकी छैनन् । उनले घरको पुरा जिम्मेवारी आफुले पुरा गर्नुपर्ने भएकाले विवाह नगरेको बताउने गरेकी छन् । तर लता जस्तै राज पनि जीवन भर अविवाहित रहे। राज लता भन्दा ८ बर्ष जेठा थिए। राजलाई क्रिकेट धेरै मन पर्ने खेल थियो। यस कारण उनी धेरै बर्ष सम्म बीसीसीआई संग जोडिएका थिए। राज स्नेहपूर्वक लतालाई मिट्टू भनेर बोलाउँथे। उनी सधैं आफ्नो गोजीमा एक टेप रेकर्डर राखिरहन्थे । जहाँलता को चर्चित गीतहरु हुन्थ्यो । राजको निधन १२ सेप्टेम्बर २०० ९ मा भयो । लता मंगेशकरको नाम राज बाहेक अरु कसै संग कहिल्यै जोडिएको थिएन।

उनले साना बहिनीहरुलाई पढाउनको लागी आफ्नै पढाई गरीनन्। लता मंगेशकरले पहिले नै आफ्नो बुबा संग मराठी संगीत नाटकहरुमा काम गरिसकेकी थिइन् र १४ बर्षको उमेरमा उनले ठूला कार्यक्रम र नाटकहरुमा अभिनय गर्न थालिन्। लता आफ्ना पाँच भाइबहिनीमध्ये जेठी थिइन्। उनी महाराष्ट्रमा हुर्केकी थिए। लता पछिल्लो धेरै दशकहरु बाट फिल्म जगत मा आफ्नो आवाज को जादू फैलाईरहेकी छिन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago