दिल्ली: भारतीय रत्न, श्वर साम्राज्ञी गायिका लता मंगेशकरको निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।
लता मंगेशकरले हिन्दी भाषामा मात्र १,००० भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएकी छिन्। उनी १९८९ मा दादासाहेब फाल्के पुरस्कार बाट सम्मानित गरिएको थियो । सन् २००१ मा लता मंगेशकरलाई भारतको सर्वोच्च नागरिक पुरस्कार ुभारत रत्नु प्रदान गरिएको थियो।
सबैलाई थाहा छ की उनी अविवाहित हुन् । लताका प्रशंसकहरुको दिमागमा उनी अविवाहित किन बसिन् भन्ने प्रश्न पक्कै आउने गर्छ । तर लता मंगेशकर पनि एक पटक कसैको प्रेममा परेकी थिइन्। तर लता को यो प्रेम कहानी कहिल्यै पूरा हुन सकेन। सायद यही कारण हो कि लताले आज सम्म बिहे गरिनन् ।

समाचार अनुसार लता मंगेशकर डुंगरपुर शाही परिवारका महाराजा राज सिंहलाई धेरै माया गर्थिन्। उनी महाराजा लताका भाइ हृदयनाथ मंगेशकरका साथी पनि थिए। तर यो माया पूरा हुन सकेन। भनिन्छ कि राजले आफ्ना आमा बुबालाई वचन दिएका थिए कि उनीहरु एक साधारण घरको कुनै युवतीलाई आफ्नो घर को बुहारी बनाउँदैनन्। राज आफ्नो मृत्यु सम्म यो प्रतिज्ञा कायम राखे।

तर लताले यो कुरा भने कहिल्यै आफुले भनेकी छैनन् । उनले घरको पुरा जिम्मेवारी आफुले पुरा गर्नुपर्ने भएकाले विवाह नगरेको बताउने गरेकी छन् । तर लता जस्तै राज पनि जीवन भर अविवाहित रहे। राज लता भन्दा ८ बर्ष जेठा थिए। राजलाई क्रिकेट धेरै मन पर्ने खेल थियो। यस कारण उनी धेरै बर्ष सम्म बीसीसीआई संग जोडिएका थिए। राज स्नेहपूर्वक लतालाई मिट्टू भनेर बोलाउँथे। उनी सधैं आफ्नो गोजीमा एक टेप रेकर्डर राखिरहन्थे । जहाँलता को चर्चित गीतहरु हुन्थ्यो । राजको निधन १२ सेप्टेम्बर २०० ९ मा भयो । लता मंगेशकरको नाम राज बाहेक अरु कसै संग कहिल्यै जोडिएको थिएन।

उनले साना बहिनीहरुलाई पढाउनको लागी आफ्नै पढाई गरीनन्। लता मंगेशकरले पहिले नै आफ्नो बुबा संग मराठी संगीत नाटकहरुमा काम गरिसकेकी थिइन् र १४ बर्षको उमेरमा उनले ठूला कार्यक्रम र नाटकहरुमा अभिनय गर्न थालिन्। लता आफ्ना पाँच भाइबहिनीमध्ये जेठी थिइन्। उनी महाराष्ट्रमा हुर्केकी थिए। लता पछिल्लो धेरै दशकहरु बाट फिल्म जगत मा आफ्नो आवाज को जादू फैलाईरहेकी छिन्।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago