उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर करोडौं अमेरिकी डलर कमाएको राष्ट्रसंघको प्रतिवेदन

काठमाडौं: उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर करोडौं अमेरिकी डलर कमाएको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ । शनिबार रोइटर्स समाचार माध्यमलाई प्राप्त राष्ट्रसंघको गोप्य प्रतिवेदनको पाठमा उत्तर कोरियाले क्रिप्टोकरेन्सीमाथि साइबर हमला गरी करोडौं अमेरिकी डलर चोरेको उल्लेख गरिएको छ । गत वर्ष साइबर हमलाबाट प्राप्त रकम नै उक्त मुलुकमा आम्दानीको महत्वपूर्ण स्रोत बनेको पनि प्रतिवेदनमा भनिएको छ ।

प्रतिबन्धसम्बन्धी स्वतन्त्र अनुगमनकर्ताले तयार पारेको उक्त प्रतिवेदनअनुसार उत्तर कोरियामा साइबर हमला र अवैध व्यापार आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । उत्तर कोरियाका ह्याकरले वित्तीय संस्था, क्रिप्टोकरेन्सी र यसको विनिमय गर्ने कम्पनीलाई निरन्तर निशाना बनाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

‘एउटा सदस्य राष्ट्रले दिएको जानकारीअनुसार उत्तर कोरियाका साइबर हमलाकारीले २०२० देखि २०२१ को मध्यसम्म उत्तर अमेरिका, युरोप र एसियाका कम्तिमा ३ वटा क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ५० करोड अमेरिकी डलरभन्दा बढी चोरेका थिए’, प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम विकास गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘कुनै आणविक परीक्षण वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको जानकारी प्राप्त नभएता पनि उत्तर कोरियाले अणु टुक्र्याउन प्रयोग हुने सामग्री (न्युक्लियर फिसाइल मेटेरियल्स) उत्पादन गर्ने क्षमता निरन्तर विकास गरिरहेको थियो’, शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को उत्तर कोरियासम्बन्धी समितिसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

सन् २००६ देखि नै उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाउँदै आएको छ । त्यहाँको आणविक एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि प्राप्त हुने आर्थिक स्रोतलाई दक्षिण गर्दै लगाइएको ती प्रतिबन्धलाई पछिल्लो समय सुरक्षा परिषद्ले थप कडाइ गर्दै आएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago