उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर करोडौं अमेरिकी डलर कमाएको राष्ट्रसंघको प्रतिवेदन

काठमाडौं: उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर करोडौं अमेरिकी डलर कमाएको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ । शनिबार रोइटर्स समाचार माध्यमलाई प्राप्त राष्ट्रसंघको गोप्य प्रतिवेदनको पाठमा उत्तर कोरियाले क्रिप्टोकरेन्सीमाथि साइबर हमला गरी करोडौं अमेरिकी डलर चोरेको उल्लेख गरिएको छ । गत वर्ष साइबर हमलाबाट प्राप्त रकम नै उक्त मुलुकमा आम्दानीको महत्वपूर्ण स्रोत बनेको पनि प्रतिवेदनमा भनिएको छ ।

प्रतिबन्धसम्बन्धी स्वतन्त्र अनुगमनकर्ताले तयार पारेको उक्त प्रतिवेदनअनुसार उत्तर कोरियामा साइबर हमला र अवैध व्यापार आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । उत्तर कोरियाका ह्याकरले वित्तीय संस्था, क्रिप्टोकरेन्सी र यसको विनिमय गर्ने कम्पनीलाई निरन्तर निशाना बनाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

‘एउटा सदस्य राष्ट्रले दिएको जानकारीअनुसार उत्तर कोरियाका साइबर हमलाकारीले २०२० देखि २०२१ को मध्यसम्म उत्तर अमेरिका, युरोप र एसियाका कम्तिमा ३ वटा क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ५० करोड अमेरिकी डलरभन्दा बढी चोरेका थिए’, प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम विकास गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘कुनै आणविक परीक्षण वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको जानकारी प्राप्त नभएता पनि उत्तर कोरियाले अणु टुक्र्याउन प्रयोग हुने सामग्री (न्युक्लियर फिसाइल मेटेरियल्स) उत्पादन गर्ने क्षमता निरन्तर विकास गरिरहेको थियो’, शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को उत्तर कोरियासम्बन्धी समितिसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

सन् २००६ देखि नै उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाउँदै आएको छ । त्यहाँको आणविक एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि प्राप्त हुने आर्थिक स्रोतलाई दक्षिण गर्दै लगाइएको ती प्रतिबन्धलाई पछिल्लो समय सुरक्षा परिषद्ले थप कडाइ गर्दै आएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago