प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो । सामाजिक सञ्जालमा टिप्पणी राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

बस्नेतको यस्तो टिप्पणी गर्नुभएको छ, ‘नेपालको राजनीतिज्ञ मध्य दोहोरो चरित्र भएका नेता पुष्पकमल दहाल प्रचण्डको एम सी सी परियोजनाका सन्दर्भमा फेरी एक पटक धोति फुस्किएको छ्। राजनीतिमा कलाकारिता मिसाउन र आफ्नो स्वार्थ प्राप्तिको लागी रास्ट्रघात, भ्रष्टाचार र अपराध जे पनि गर्न तयार च्याँखे दाउबाट आफ्नो अभिष्ट पुरा गराउन खोज्ने प्रचण्ड तीनका मतियार माकुनेहरुलाई बेलैमा चिन्दै नंग्याउनु परेको छ्। एमाओबादी र नेकपा एसका इमान्दार कार्यकर्तालाई नेकपा, ( एमाले) प्रबेश गराउदै आगामी तिनै तहको निर्वाचनमा एमालेको बहुमत ल्याउने आधार निर्माण गरौं।’

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago