काठमाडौं: साताको पहिलो दिन सेयर बजारमा उच्च गिरावट आएको छ । बजार खुलेदेखि नै घट्न थालेको सेयर बजारमा अन्तिम समयमा ४०.४७ अंकको गिरावट आएको छ ।
आईतबार सेयर आपूर्तिको तुलनामा माग बढी देखिएपनि सेयर बजारमा गिरावट आएको छ । कारोबार समयभर प्रायजसो कम्पनीको बिक्रीको तुलनामा खरिद चाप बढी देखिएको थियो । खरिदकर्ता बढी भएपनि कम मुल्यमा सेयर उठाउन खोज्दा बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।
पछिल्लो समय देखिएको राजनीतिक अन्यौलता र जसका कारण स्थानीय निकायको चुनावको मिति तोक्नका देखिएको ढिलासुस्तीका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय एमसीसीका कारण सत्ता गठबन्धनमा देखिएको किचलो र जसका कारण सकारनै धरापमा पर्ने हो कि भन्ने विश्लेषण एकातिर छ भने जसले गर्दा समयमा चुनाव हुने वा नहुने अन्यौलता पनि उत्तिकै बढेको छ,’ एक लगानीकर्ताले भने, ‘गत हप्ता समयमै चुनाव हुने भयो भन्ने समाचारहरु आएका कारण बजार केही बढेको थियो तर अहिले राजनीतिक खिचातानीले अन्यौलता बढेसँगै बजारमा पुनः गिरावट आयो ।’
यसैगरी पछिल्लो समयको उच्च तरलता संकट र बढ्दो ब्याजदरका कारणले गर्दा पनि लगानीकर्ताहरु बजारबाट बाहिरिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बैंकहरुले कर्जामा एकैपटक ३÷४ प्रतिशतसम्म ब्याज बढाएर ऋणीलाई सुचना पठाउन थालेका छन्,’ एक लगानीकर्ताले भने, ‘जसको असर सेयर बजारमा देखिएको छ ।’
सोहीअनुरुप आईतबार सेयर बजारमा उच्च अंकको गिरावगट आउँदै समग्र नेप्से परिसुचक २ हजार ८३६ अंकमा झरेको छ । बजारमा अधिकांश उपसमुहहरु १ प्रतिशतभन्दा बढीले घट्न पुगेका छन् । जसमा सबैभन्दा जीवन बीमा समुहको परिसुचकमा ३.५७ प्रतिशतले घट्न पुग्दा फाइनान्स समुहको परिसुचकमा २.४१ प्रतिशतले गिरावट आएको छ । यसैगरी विकास बैंक समुहको परिसुचक १.९६ अंकले घट्दा ब्यापार समुह १.६६ र बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा समेत १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
घट्दो बजारमा कारोबार रकम समेत खुम्चिएको छ । आईतबार कुल ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा २२८ कम्पनीको १ लाख ६ हजार कित्ता मात्र सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…