ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो अर्घा

अर्घाखाँची: चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

चौबिसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइँ झगडा नगर्ने र मिलेर अघि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क रहन गएको इतिहासकारहरु बताउँछन् । उक्त ठाउँ अहिले सन्धिखर्क नामले परिचत छ, जुन जिल्लाको सदरमुकाम हो ।

यस्ता ऐतिहासिक र धार्मिकस्थलहरु प्रशस्त रहेको यस जिल्लामा बाह्यभन्दा पनि बढी आन्तरिक पर्यटनको सम्भावना धेरै रहेको छ । यहाँका यस्ता धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुमा सुपा देउराली, नरपानी, पाणिनि तपोभूमि, बल्कोट पौवा, अर्घा भगवती, छत्र महाराज मन्दिर, पतञ्जलीको जन्म भएको स्थल, मालारानी, शान्ति बगैँचा, नरसिंह थान बामरुकलगायत रहेका छन् ।

अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानका रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र पुराना तथा जीर्ण बनेका दरबारहरु रहेका छन् । पन्ध्रौँ शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाका दिन विशेष मेला लाग्छ ।

अर्घा भगवती मन्दिरमा अहिले देवी भगवतीको मूर्ति राख्न सन्धिखर्क नगरपालिका लागिपरेको छ । रु एक करोड ३५ लाखमा उक्त मूर्ति राख्न थालिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले बताउनुभयो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago