ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो अर्घा

अर्घाखाँची: चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

चौबिसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइँ झगडा नगर्ने र मिलेर अघि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क रहन गएको इतिहासकारहरु बताउँछन् । उक्त ठाउँ अहिले सन्धिखर्क नामले परिचत छ, जुन जिल्लाको सदरमुकाम हो ।

यस्ता ऐतिहासिक र धार्मिकस्थलहरु प्रशस्त रहेको यस जिल्लामा बाह्यभन्दा पनि बढी आन्तरिक पर्यटनको सम्भावना धेरै रहेको छ । यहाँका यस्ता धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुमा सुपा देउराली, नरपानी, पाणिनि तपोभूमि, बल्कोट पौवा, अर्घा भगवती, छत्र महाराज मन्दिर, पतञ्जलीको जन्म भएको स्थल, मालारानी, शान्ति बगैँचा, नरसिंह थान बामरुकलगायत रहेका छन् ।

अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानका रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र पुराना तथा जीर्ण बनेका दरबारहरु रहेका छन् । पन्ध्रौँ शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाका दिन विशेष मेला लाग्छ ।

अर्घा भगवती मन्दिरमा अहिले देवी भगवतीको मूर्ति राख्न सन्धिखर्क नगरपालिका लागिपरेको छ । रु एक करोड ३५ लाखमा उक्त मूर्ति राख्न थालिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले बताउनुभयो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago