स्थायी बुल मार्केटमा अस्थायी करेक्सन, बजारको चढाई स्थिर बन्दै

काठमाडौं: यस साताको अन्त्यमा नेप्से परिसुचक पछिल्लो हप्ताबाट ३.४८%को वृद्धि सँगै २८७६.७४ अंकमा कायम रहेको छ भने कारोबार घटेर करिब २६.६६५ अर्बको भएको छ।

विज्ञहरूका अनुसार नेप्सेको दीर्घकालीन प्रवृत्ति प्राविधिक, आधारभूत र आर्थिक दृष्टिकोणले उकालो लागेको छ । औसत तथा नयाँ लगानीकर्ताहरूको लागि, पछिल्लो ६ महिनाको उतार चढाव अत्याधिक छ। हामीले केही शेयरहरुमा ५०% भन्दा बढी गिरावट पनि देखेका छौं। बजार सुधार अपरिहार्य छ र हामी अगाडि के हुन्छ भनेर भविष्यवाणी गर्न सक्दैनौं। तर, यो ग्यारेन्टी छ कि यदि हामीले शेयरको मुल्य घटेको बेला किनेका छौं भने हामीले बुझ्न पर्छ कि हाम्रो लगानी सफल् हुने मौका धेरै छ। नेप्सेको दीर्घकालीन बुल मार्केटमा बजारको घटाई अस्थायी हो र त्यो एउटा अवसर पनि हो। सेयर बजारको व्यवहार बुझेर धैर्यता हुनु मुख्य कुरा हो। हामीले धैर्यता र लगानी सम्बन्धी ज्ञानको बिच सन्तुलन राख्नुपर्छ। तर, धैर्यता र अज्ञानता भने शेयरमा लगानीको लागि खतरनाक मिश्रण हो।

गत साता घटेको बैंक वित्तिय संस्थाहरुको निक्षेप यस साता भने बढेको छ। गत साता निक्षेप परिचालन रु.१५ अर्बले घटेकोमा यस साता भने रु.११ अर्बले बढेको छ। यस्तै, कर्जा प्रवाह अघिल्लो साता रु.६ अर्बले बढेकोमा यस साता रु.३ अर्बले थप विस्तार भएको छ। यस अवधिमा “क” वर्गका वाणिज्य बैंकहरुको निक्षेप रु.६ अर्बले र कर्जा रु.२ अर्बले विस्तार भएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म बैंक वित्तिय संस्थाहरुले रु.४,८६९ अर्ब निक्षेप परिचालन गरी रु.४,६७१ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप सङ्कलन र कर्जा प्रवाहको हिस्सामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको क्रमश ८८.४६% र ८८.८२% स्वामित्व रहेको छ भने बाँकी हिस्सा ‘ख’ वर्गका बिकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरुको रहेको छ। मंसिर महिनामा मात्र बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.९ अर्बले घटेको थियो भने कर्जा प्रवाह रु.४७ अर्बले विस्तार भएको थियो। यस्तै, पौष महिनामा निक्षेप रु.१११ अर्बले र कर्जा प्रवाह रु.४७ अर्बले बढेको थियो भने माघ लागे यता २० दिनमा निक्षेप रु.३४ अर्बले घटेको छ भने कर्जामा रु.५ अर्बले विस्तार छ। हाल बैंक वित्तिय संस्थाहरुको निक्षेप र कर्जाको कुल ग्राह्यस्थ उत्पादनसँग अनुपात क्रमश ११४.१३% र १०९.४९% कायम रहेको छ।

त्यस्तै, कर्जा-निक्षेप अनुपात (CD Ratio) अघिल्लो साता ९०.४८% रहेकोमा यस साता घटेर ९०.३९% कायम हुन आएको छ। मौद्रिक नीति अनुसार बैंक वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र कायम गर्नु पर्ने अधिकतम CD Ratio ९०% रहेको छ। CCD Ratio सम्बन्धि व्यवस्था खारेज भएकोले बैंक वित्तिय संस्थाहरुले आफ्नो प्राथमिक पूंजी (Core Capital) कर्जा प्रवाहको लागि उपयोग गर्न पाएका छैनन्। यस्तै, बैंक वित्तिय संस्थाहरुले तरलता व्यवस्थापन गर्नको लागि अघिल्लो साता रु.५.१७ अर्ब Overnight रिपो लिएकोमा यस साता पनि रु.४.१८ अर्बको रिपो लिएका छन् जसको वार्षिक व्याजदर ३.५% रहेको छ। साथै, बैंक वित्तिय संस्थाहरुले CD Ratio, नगद मौजदात अनुपात नियामकिय सिमा भित्र राख्न तथा अल्पकालिन तरलता व्यवस्थापन गर्नका लागि अन्तिम उपाएको रुपमा प्रयोग गरिने अस्थायी तरलता सुबिधा (SLF) उपकरण यस साता पनि प्रयोग गरेका छन्। अघिल्लो साता रु.१८४.११ अर्बको अस्थायी तरलता सुबिधा लिएकोमा यस साता रु.१६९.४० अर्बको सो सुबिधा लिएका छन् भने आर्थिक वर्ष २०७८/७९ लागे यता रु.३,५०७.५८ अर्ब यस उपकरण प्रयोग गरेर तरलता व्यवस्थापन गरेका छन्। यस्तै, अघिल्लो साता ५% रहेको अन्तर बैंक व्याजदर यस साता बढेर ४.९८% कायम हुन आएको छ। बैंक वित्तिय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तारको वृद्धिदर बढी हुनु, Overnight रिपो र अस्थायी तरलता सुबिधा उपकरणहरु प्रयोग गर्नु र अन्तर बैंक व्याजदर पनि उच्च रहनुले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापन असहज रहेको जनाउछ। बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या भएकोले राष्ट्र बैंकले गएको साढे ५ महिनामा ११ पटक गरी रु.२४० अर्ब बराबरको रिपो जारी गरिसकेको छ जुन परिपक्क भईसकेका छन्। यस्तै, मंसिर १७ र २४ गते राष्ट्र बैंकले “सोझै खरिद” (Outright Purchase) उपकरण प्रयोग गरी बैकिङ्ग प्राणालीमा रु.२७.२१ अर्ब बराबरको तरलता प्रवाह (Inject) गरेको छ। विभिन्न उपकरण प्रयोग गरेर तरलता प्रवाह गरेता पनि बैंकिङ्ग प्राणलीमा तरलता सहज हुन सकेको छैन।

अघिल्लो साता घटेर रु.१६.२६ अर्ब सङ्कलन भएको सरकारको आय यस साता पनि १२.२५% ले घटेर रु.१४.२७ अर्ब सङ्कलन भएको छ। चालु आ. व. को ६ महिनामा कुल रु.५९०.१३ अर्ब सङ्कलन भएको छ भने माघ २० गते सम्म रु.६२९.५३ अर्ब सङ्कलन भएको छ जसमा ८४.०३% कर राजस्वबाट रहेको छ भने बाँकी अन्य गैर कर राजस्व, अनुदान प्राप्त तथा अन्य आय रहेका छन्। आर्थिक वर्षको ६ महिना २० दिन समय व्यतित भएको अवस्थामा लक्ष्यको ५०.७५% आय सङ्कलन भएको छ।

त्यस्तै, खर्च तर्फ गत साता बढेर रु.२१.२१ अर्ब खर्च भएकोमा यस साता भने २.३०% ले घटेर रु.२०.७२ अर्ब खर्च भएको छ। माघ २० गते सम्ममा कुल खर्च रु.५६३.१५ अर्ब पुगेको छ जुन बजेट लक्ष्यको ३४.४९% मात्र रहेको छ। खर्च मध्ये चालु खर्च लक्ष्यको ४२.४५% भएको छ भने पूंजीगत खर्च र वित्त व्यवस्थापन तर्फ लक्ष्यको क्रमश १५.२५% र २८.१४% खर्च भएको छ।

आर्थिक वर्षको आधा अवधि समाप्त भईसकेको अवस्थामा बिकास खर्च लक्ष्यको १५.२५% मात्र खर्च हुनु तरलता व्यवस्थापन समस्याको मुख्य कारण हो। राष्ट्र बैंकले सरकारको तर्फबाट तेश्रो त्रैमासमा रु.१००.५० अर्ब र चौथो त्रैमासमा रु.१३२.५० अर्ब गरी कुल रु.२३३ अर्ब आन्तरिक ऋण जारी गर्ने तालिका सार्वजनिक गरेको छ जस मध्ये रु.२० अर्ब बराबरको ऋण “बिकास ऋणपत्र २०८० ङ” र “बिकास ऋणपत्र २०८२ ङ” जारी गरी सकेको छ भने अन्य सरकारी ऋणपत्रहरु निस्काशनको प्रकृयामा रहेका छन्। सरकारी खर्च लक्ष्य अनुसार हुन नसक्दा आन्तरिक ऋणले तरलता व्यवस्थापनमा थप चुनौती निम्त्याउने देखिन्छ।

नेप्से सुचकको औसत मुल्य र आय अनुपात ३६.८६ रहेको छ, जुन अघिल्लो हप्ता भने ३४.८१ थियो। बैंकिङ्ग समुहको २१.८५, लघुवित्त समुहको ३६.१४ उत्पादन समुहको ३३.०१ र बिकास बैंकको ३६.२५ सँगै नेप्सेको औसतमुनि रहेका छन भने बाँकी औसतभन्दा माथि छन। मुल्य आम्दानि अनुपात, बजार मुल्य र किताबी मुल्य अनुपात र डिभिडेन्ड ईल्ड्को हिसाबले वाणिज्य बैंक तुलनात्मक रुपमा अरु सेक्टर भन्दा मूल्यवान (Undervalued) देखिन्छ। आधारभुत अनुपातहरु PE र PB जति थोरै भयो उती राम्रो मानिन्छ भने Dividend Yield चाँही जती बढी भयो त्यतिनै राम्रो मानिन्छ। यि औसत संगै समग्र बजारको लगानी वातावरण, लगानी गर्ने कम्पनीको समुहको व्यापार वृद्धिको संभावना, बजार मनोवैज्ञानिक स्थिति, कम्पनीको आय वृद्धि, स्थिरता जस्ता आदि कारकहरु पनि हेर्नु आवश्यक हुन्छ। केहि सामान्य डाटा तल तालिकामा दिइएका छन्।

गएको चार हप्तामा, सेक्टर रोटेसन (Sector Rotation) को हिसाबले शिर्ष ३ मा जलविद्युत, लगानी र अन्य समुहका लगानीकर्ताले अधिक कमाएका छन् भने वाणिज्य बैंक, होटल तथा पर्यटन र उत्पादन समुहका लगानीकर्ताहरूले तुलनात्मक हिसाबले थोरै कमाएका छन।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago