बुटवल पावरको खुद नाफामा ३१% को वृद्धि

बुटवल: बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१८.१४ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ३१.१२% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.९.३८ बाट बढेर रु.११.१८ कायम हुन आएको छ।

हाल ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत आयोजना र १२.५ मेगावाट क्षमताको झिम्रुक खोला जलविद्युत आयोजना संचालन गरीरहेको कम्पनीले दोश्रो त्रैमास सम्ममा रु.४२.३१ करोड विद्युत बिक्री आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४०% ले बढि हो। विद्युत बिक्री आम्दानीमा वृद्धि तथा अन्य आम्दानी बढेकाले कम्पनीको खुद नाफामा प्रगति देखिएको हो।

रु.३.२४ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा तथा कोष भने ७.०८% ले घटेर रु.३.६४ अर्ब कायम रहेको छ। यस्तै, कम्पनीको कुल शेयरधनीकोष वृद्धि भएर रु.६.८९ अर्ब कायम हुन आएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकाले कम्पनीको प्रति शेयर किताबी मुल्य भने रु.२३३.०९ बाट घटेर रु.२१२.४३ कायम हुन आएको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago