काठमाडौ: गृह मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता लिएका छन्। भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका हुन्।
मन्त्रालयले किर्तेमा संलग्न तीनजना करारका कर्मचारीलाई हटाएको छ। गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन्।
उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो। लामो समयदेखि उनीहरूले त्यसरी भ्रमण काजको आदेश आफैँ स्वीकृत गरी भत्ता लिँदै आएको खुलेको छ।
जुनसुकै सहसचिवले पनि भ्रमण काजको आदेश स्वीकृत गर्न सक्ने भएकाले उनीहरूले विभिन्न सहसचिवको हस्ताक्षर किर्ते गरेका हुन्। गत २ पुसमा सहसचिव हुमकला पाण्डेको किर्ते हस्ताक्षर भई भ्रमण भत्ता भुक्तानीका लागि लेखाशाखा पुगेको थियो।,
लेखाशाखाका कर्मचारीले शंका लागेर सोध्दा कार्यालय सहयोगी शाहीले किर्ते गरेको खुलेको हो। त्यसअघि पनि पटकपटक उनले आफ्नो तथा अन्य कार्यालय सहयोगीको नाममा त्यसैगरी पैसा लिँदै आएको खुलेको छ।
सहसचिवकै किर्ते गर्नेलाई हटाए पनि घटनालाई गुपचुप राखी मन्त्रालयले कानुनी कारबाहीतर्फ चासो दिएको छैन। आफूले कर्मचारीलाई भ्रमण काजमा नपठाउने तर आफ्नोसमेत हस्ताक्षर किर्ते गरिएको सहसचिव पाण्डेले बताइन्।
त्यसमा संलग्न कर्मचारीलाई मन्त्रालयले कारबाही गरिसकेको छ, उनले भनिन्। तर श्रोतका अनुसार कानुनि प्रक्रियामा गैसकेपछि यो केशमा अरु संग्लन कर्मचारी समेत तानिने हुनाले गुचुप रखिएको छ।
तेस्तै, गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई घर, अपार्टमेन्ट, फ्ल्याट वा कोठा भाडामा नदिन आग्रह गरेको छ। आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ।
कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको मन्त्रालयले बताएको छ। कोही पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।
तेस्तै, सरकारले हचुवाको भरमा ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ। ठूला सहर रहेका जिल्लामा एसएसपी थप्ने गृहकार्य गृह मन्त्रालयले अघि बढाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…