गृह मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको किर्ते हस्ताक्षर गरे

काठमाडौ: गृह मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता लिएका छन्। भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका हुन्।
मन्त्रालयले किर्तेमा संलग्न तीनजना करारका कर्मचारीलाई हटाएको छ। गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन्।
उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो। लामो समयदेखि उनीहरूले त्यसरी भ्रमण काजको आदेश आफैँ स्वीकृत गरी भत्ता लिँदै आएको खुलेको छ।
जुनसुकै सहसचिवले पनि भ्रमण काजको आदेश स्वीकृत गर्न सक्ने भएकाले उनीहरूले विभिन्न सहसचिवको हस्ताक्षर किर्ते गरेका हुन्। गत २ पुसमा सहसचिव हुमकला पाण्डेको किर्ते हस्ताक्षर भई भ्रमण भत्ता भुक्तानीका लागि लेखाशाखा पुगेको थियो।,

लेखाशाखाका कर्मचारीले शंका लागेर सोध्दा कार्यालय सहयोगी शाहीले किर्ते गरेको खुलेको हो। त्यसअघि पनि पटकपटक उनले आफ्नो तथा अन्य कार्यालय सहयोगीको नाममा त्यसैगरी पैसा लिँदै आएको खुलेको छ।

सहसचिवकै किर्ते गर्नेलाई हटाए पनि घटनालाई गुपचुप राखी मन्त्रालयले कानुनी कारबाहीतर्फ चासो दिएको छैन। आफूले कर्मचारीलाई भ्रमण काजमा नपठाउने तर आफ्नोसमेत हस्ताक्षर किर्ते गरिएको सहसचिव पाण्डेले बताइन्।

त्यसमा संलग्न कर्मचारीलाई मन्त्रालयले कारबाही गरिसकेको छ, उनले भनिन्। तर श्रोतका अनुसार कानुनि प्रक्रियामा गैसकेपछि यो केशमा अरु संग्लन कर्मचारी समेत तानिने हुनाले गुचुप रखिएको छ।

तेस्तै, गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई घर, अपार्टमेन्ट, फ्ल्याट वा कोठा भाडामा नदिन आग्रह गरेको छ। आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ।

कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको मन्त्रालयले बताएको छ। कोही पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।

तेस्तै, सरकारले हचुवाको भरमा ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ। ठूला सहर रहेका जिल्लामा एसएसपी थप्ने गृहकार्य गृह मन्त्रालयले अघि बढाएको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago