सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एमालेबाट फ्लोरक्रस गरेर तत्कालीन सरकारलाई सघाएका चार जना पूर्वसांसदलाई लाभान्वित तुल्याएका छन् । उनीहरुले गरेको सिफारिसका आधारमा ४-४ करोडका आयोजनालाई मुख्यमन्त्रीले सदर गरिदिएको स्रोतले बताएको छ ।

पूर्वाधार विशेष कार्यक्रम अन्तरगत प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि ४-४ करोडका आयोजनाको छनोट गर्न सक्ने प्रावधान छ । हरेक क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरुको सिफारिसमा योजना छनोट हुने गर्छ । कर्णालीका २४ वटा प्रदेश निर्वाचन क्षेत्रमा चार करोडका दरले विकास निर्माणका लागि बजेट गइसकेको छ ।

यदि कुनै प्रदेश सभा सदस्यको क्षेत्रमा पद रिक्त भएको अवस्थामा मुख्यमन्त्रीले नै योजना बाँडफाँड, छनोट र प्रमाणीकरण गर्ने व्यवस्था पूर्वाधार विशेष कार्यक्रमको कार्यविधीमा छ । तर, मुख्यमन्त्री शाहीले तत्कालीन एमालेबाट फ्लोर क्रस गरेका सल्यानका प्रकाश ज्वाला, दैलेखका अम्मरबहादुर थापा, डोल्पाका नन्दसिंह बुढा र कालिकोटका कुर्मराज शाहीले गरेको सिफारिसकै आधरमा १६ करोडको आयोजना सदर गरिदिएका हुन् । जबकि उनीहरु अहिले प्रदेश सांसद छैनन् ।

स्रोतका अनुसार दैलेख, सल्यान र डोल्पामा पूर्वाधार विकास कार्यालयबाट र कालिकोटमा भने स्थानीय तहबाट योजना कार्यान्वयन हुने गरी बजेट विनियोजन गरिएको हो । यी चारैजना पूर्वसांसद हाल एकीकृत समाजवादीमा गइसकेका छन् ।
मुख्यमन्त्री शाहीले दैलेख एकको ‘क’ बाट निर्वाचित पूर्वसांसद धर्मराज रेग्मीको क्षेत्रमा भने आफूखुशी बजेट विनियोजन गरेका छन् । माओवादीबाट एमालेमा गएका रेग्मीले आफूलाई एकवचन नसोधिकन मुख्यमन्त्री शाहीले चार करोडका योजना छनोट गरेको बताए ।

‘मलाई मुख्यमन्त्रीले एकपटक पनि सोध्नुभएको छैन,’ पूर्वसांसद रेग्मीले भने, ‘अघिल्लो वर्ष म एमालेमा प्रवेश गरेको भनेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मेरो प्रदेशसभा क्षेत्रमा रकम नै पारेका थिएनन् । त्यसबेला शान्तडा, रातामाटा, पातीहाल्ना, जुनिचाँदे सडक र कोप्ची कट्टी सडकलाई बहुवर्षीय बनाउने निर्णय भएको थियो ।’

सरकारले त्यहाँका प्रतिनिधिलाई सोधेर वा सल्लाह गरेर बजेट बनाउनु पर्नेमा मुख्यमन्त्री शाहीले एकलौटी रुपमा योजना छनौट गरी कार्यकर्ता पोस्न खोजेको उनको आरोप छ ।

मुख्यमन्त्री शाहीले पूर्वसांसदको सिफारिसमा छनौट भएका योजना अस्वीकार गर्ने एमालेले बताएको छ । एमालेका प्रमुख सचेतक गुलावजंग शाहले एकलौटी रुपमा र साना आयोजना बनाइएका कारण सरकारसँग सातबुँदे सम्झौता गरिएको बताए ।
‘मंगलबार भएको सहमतिले नयाँ मोड लिएको छ । मुख्यमन्त्रीले अब पाँचवटै निर्वाचन क्षेत्रमा कस्ता योजना छनौट गर्ने भन्ने बारेमा आवश्यक परामर्श गरेर सोही अनुसार योजना संशोधन वा कट्टी हुनेछन्,’ उनले भने ।

तर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हालसम्म यी पाँच क्षेत्रमा पठाएको रकम रोक्का गर्नेबारे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई कुनै पनि निर्देशन दिएको छैन ।

यी पाँचै निर्वाचन क्षेत्रमा दश लाखभन्दा बढीका विद्यालय भवन, सडक, खानेपानी जस्ता आयोजनामा बजेट विनियोजन भएको छ । कर्णाली प्रदेशसभामा हाल प्रत्यक्ष तर्फका १९ र समानुपातिकका १६ गरी जम्मा ३५ सदस्य रहेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago