आइएमई जनरलको ४०% हकप्रद सेयरका लागि बुक क्लोज मिति तय

काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले ४०% हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले फागुन १ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यस इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्ने तयारी गरेको हो । यो हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले  ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।
Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago