२२ पुस, काठमाडौं ।
नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानबिन गर्न समिति बनाइने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले दरबार संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर उत्पन्न विवाद तथा त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित समिति बनाउने तयारी गरेको हो।
मन्त्रालयका सहप्रवक्ता उपसचिव टेकनारायण पौडेलले भने, ‘छानबिन समिति बनाउनका लागि गृहकार्य भइरहेको छ। सम्भवतः आजै (बिहीबार) सो समिति बन्नेछ।’ समिति कसको नेतृत्वमा र कति सदस्यीय बन्नेबारे निर्णय भइनसकेको उनले बताए।
तर मन्त्रायलका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा उपसचिव पौडेलसहित पाँच सदस्यीय छानबिन समिति बनाउने प्रस्ताव गरिएको छ। हप्ता दिनको समय दिएर सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि समितिलाई जिम्मेवारी दिने तयारी रहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेको सचिवालयले जनाएको छ।
दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि २०७७ साल पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए।
संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको र त्यसको ठेक्का प्रक्रियामा बतास समूहलाई उच्चतम लाभ हुने गरी प्रक्रिया मिलाएको आरोप छ। यससम्बन्धी खबर सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।
तर ठेक्का पाएको कम्पनी अदालत जान सक्ने हुँदा प्रक्रिया पूरा गरेर वास्तविकता बुझी ठेक्का नै रद्द गर्नका लागि छानबिन समिति बनाउन लागिएको पर्यटनमन्त्री आलेको सचिवालयले दाबी गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…