नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट बनाउन दिएकोबारे छानबिन गर्न समिति बन्ने

२२ पुस, काठमाडौं ।
नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानबिन गर्न समिति बनाइने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले दरबार संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर उत्पन्न विवाद तथा त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित समिति बनाउने तयारी गरेको हो।

मन्त्रालयका सहप्रवक्ता उपसचिव टेकनारायण पौडेलले भने, ‘छानबिन समिति बनाउनका लागि गृहकार्य भइरहेको छ। सम्भवतः आजै (बिहीबार) सो समिति बन्नेछ।’ समिति कसको नेतृत्वमा र कति सदस्यीय बन्नेबारे निर्णय भइनसकेको उनले बताए।

तर मन्त्रायलका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा उपसचिव पौडेलसहित पाँच सदस्यीय छानबिन समिति बनाउने प्रस्ताव गरिएको छ। हप्ता दिनको समय दिएर सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि समितिलाई जिम्मेवारी दिने तयारी रहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेको सचिवालयले जनाएको छ।

दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि २०७७ साल पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए।

संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको र त्यसको ठेक्का प्रक्रियामा बतास समूहलाई उच्चतम लाभ हुने गरी प्रक्रिया मिलाएको आरोप छ। यससम्बन्धी खबर सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।

तर ठेक्का पाएको कम्पनी अदालत जान सक्ने हुँदा प्रक्रिया पूरा गरेर वास्तविकता बुझी ठेक्का नै रद्द गर्नका लागि छानबिन समिति बनाउन लागिएको पर्यटनमन्त्री आलेको सचिवालयले दाबी गरेको छ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago