राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा यदुलाल खरेल नियुक्त

२२ पुस, एजेन्सी ।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।

खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए । तर सरकारले हाल गुप्तचरको प्रशासन विभाग प्रमुख रहेका खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

हालका गुप्चतर प्रमुख गणेश अधिकारीको कार्यकाल दुई दिनपछि सकिँदैछ । त्यसपछि रेग्मीले गुप्तचरको प्रमुखका रुपमा कार्यभार सम्हाल्नेछन् । खरेल पनि हालका गुप्चतर प्रमुख अधिकारीकै ब्याचमेट हुन् । उनले ५८ वर्षे उमेर हदका कारण ७ महिनापछि अवकाश पाउनेछन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago