गंगालाल हृदयरोग केन्द्रमा २० हजार ओपन हार्ट सर्जरी: डा. रामेश कोइराला

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ । नेपालमा २०५८ भदौंबाट मुटुको शल्यक्रिया सेवा सुरू भएको थियो ।

सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसियाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ सय ३९ शय्याको माध्यमबाट सेवा दिइरहेको छ ।

मुटुशल्य चिकित्सा विभागीय प्रमुख डा. रामेश कोइरालाले हाम्रो जस्तो देशको लागि मुटु क्षेत्रमा ठूलो उपलब्धी भएको बताए ।

‘दुई दशको हाराहारीमा मुटुको क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । केही छिमेकी देश अवस्थालाई हेर्दा नेपालले मुटु शल्यक्रियाको धेरै राम्रो काम गरेका छौं,’ डा. कोइरालाले भने ।

नेपालमा सरकारी र निजी गरेर २५ हजारको हाराहारीमा ओपन हार्ट सर्जरी भएको छ । गंगालालमै मात्रै एक वर्षको अवधिमा १ हजार ७ सयको हाराहारीमा ओपन हार्ट सर्जरी हुँदै आएको छ । यस्तै, अस्पतालले शल्यक्रिया नगरिकनै ७ वटा मुटुका भल्भ प्रत्यारोपण गरेको छ ।

मुटुको शल्यक्रिया काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मात्रै हुनेछन् ।

यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै ओपन हार्ट सर्जरी गर्ने गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago