गंगालाल हृदयरोग केन्द्रमा २० हजार ओपन हार्ट सर्जरी: डा. रामेश कोइराला

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ । नेपालमा २०५८ भदौंबाट मुटुको शल्यक्रिया सेवा सुरू भएको थियो ।

सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसियाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ सय ३९ शय्याको माध्यमबाट सेवा दिइरहेको छ ।

मुटुशल्य चिकित्सा विभागीय प्रमुख डा. रामेश कोइरालाले हाम्रो जस्तो देशको लागि मुटु क्षेत्रमा ठूलो उपलब्धी भएको बताए ।

‘दुई दशको हाराहारीमा मुटुको क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । केही छिमेकी देश अवस्थालाई हेर्दा नेपालले मुटु शल्यक्रियाको धेरै राम्रो काम गरेका छौं,’ डा. कोइरालाले भने ।

नेपालमा सरकारी र निजी गरेर २५ हजारको हाराहारीमा ओपन हार्ट सर्जरी भएको छ । गंगालालमै मात्रै एक वर्षको अवधिमा १ हजार ७ सयको हाराहारीमा ओपन हार्ट सर्जरी हुँदै आएको छ । यस्तै, अस्पतालले शल्यक्रिया नगरिकनै ७ वटा मुटुका भल्भ प्रत्यारोपण गरेको छ ।

मुटुको शल्यक्रिया काठमाडौंका गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मात्रै हुनेछन् ।

यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै ओपन हार्ट सर्जरी गर्ने गरेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago