बर्दिया: मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव १० मिटरमाथि बगिरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीमा खतराको चिह्नमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको उनले जनाए ।
मनसुन पुन: सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । तटीय क्षेत्रका पालिकास्थित वडाध्यक्षसँग सम्पर्क राखि सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बाँस्तोलाले जनाए ।
०७१ र ०७४ साल साउनको अन्तिम साता आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएकोले यसपाला यस्तो अवस्था नआउन स्थानीय प्रशासनले आग्रह गरेको हो । ०७१ र ०७४ सालमा आएको बाढीले ४० जनाको मृत्यु भएको थियो । त्यस समय जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको थियो । बाढी र कटान सबैभन्दा बढी जोखिम गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा र राजापुर नगरपालिका जोखिममा छ ।
कर्णाली नदीमा जलस्तर भने बढेको छैन । हरेक एक घण्टामा बबई नदीस्थित चेपाङस्थित जलमापन केन्द्रले बाढीको अवस्थाबारे जानकारी जिल्ला प्रशासन कार्यालयमा दिन भनिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…