बर्दिया: मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव १० मिटरमाथि बगिरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीमा खतराको चिह्नमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको उनले जनाए ।
मनसुन पुन: सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । तटीय क्षेत्रका पालिकास्थित वडाध्यक्षसँग सम्पर्क राखि सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बाँस्तोलाले जनाए ।
०७१ र ०७४ साल साउनको अन्तिम साता आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएकोले यसपाला यस्तो अवस्था नआउन स्थानीय प्रशासनले आग्रह गरेको हो । ०७१ र ०७४ सालमा आएको बाढीले ४० जनाको मृत्यु भएको थियो । त्यस समय जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको थियो । बाढी र कटान सबैभन्दा बढी जोखिम गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा र राजापुर नगरपालिका जोखिममा छ ।
कर्णाली नदीमा जलस्तर भने बढेको छैन । हरेक एक घण्टामा बबई नदीस्थित चेपाङस्थित जलमापन केन्द्रले बाढीको अवस्थाबारे जानकारी जिल्ला प्रशासन कार्यालयमा दिन भनिएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…