चितवन: चितवनमा जिपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पंगेनीको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…