नागोयामा नेपाल फेस्टिवल भब्यताका साथ सम्पन्न

जापान, कविकिरण न्यौपाने ।  जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको नेपाल फेष्टिवल सफलता पूर्वक सम्पन्न भएको छ। सेप्टेम्बर ३ तारिक सनिवार र ४ तारिक आईतवार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए । फेस्टिवलमा पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिए पछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो।

फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइएको छ। नागोयामा भएको नेपाल फेष्टिवलको हरेक कारोवार बैंकबाट गरिएको फेष्टिवलका आर्थिक संयोजक डिलाराम खरेलले बताए । हरेक गतिविधी आर्थिक पारदर्शीता अनिवार्य हुने उति बताउँछन । चाडै नै फेष्टिवलको हिसाब किताव सार्वजनिक गर्छौं उनले भने।

जापानको नागोयामा अवस्थित तोकाई वाटिका इन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारीले फेष्टिवल जापानमा भएका नेपालीका फेष्टिवल मध्ये उत्कृष्ट रहेको बताउछन् । फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका थिए। एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिवलमा जापनिजहरुले पनि मनोरञ्जन लिई रहेका देखिथ्यो । फेष्टिवलमा बारतली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिथ्यो फेष्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेष्टिबल आयोजक समिति संयोजक दिपक कार्कीले गरेका थिए । फेष्टिवल सकिए पछि पनि राति अबेरसम्म फोहर मैला व्यवस्थापनमा फेष्टिवल आयोजक समितिका संयोजक दिपक कार्की एवं अन्य पदाधिकारी लागेका देखिन्थे । फेस्टिवल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई कार्कीले धन्यवाद ज्ञापन गरेका छन्। 

राजधानी टोकियोबाट फेष्टिवल अवधि भर रिपोटिङ्गका लागी नागोयामा रहेका पत्रकार नारायण रिमालले फेष्टिवलमा  साना तिना बाहेक फेष्टिवल सफल भएको बताएका छन्। उनका अनुसार नागोयाको नेपाल  फेष्टिवल २०२२ साँचिकै सफल भएको मैले माने  ,केही व्यवस्थापकिय कमजोरी रहे पनि फेष्टिवल सफलता पूर्ण सकिएको उनको ठम्याई छ। जापानमा नेपाल चिनाउने कार्यमा यो फेष्टिवल जापानीहरूको उल्लेख्य उपस्थिति रहनु र नागोया शहरको मेयर र गभर्नरको उपस्थित हुनुलाई आयोजकको कडा मेहनतको रूपमा मैले लिएको छु जुन अत्यन्तै सकारात्मक पक्ष हो उनले भनेका छन्। 

त्यस्तै फेव्टिवल अवलोकन गर्न आएका नेपाल पत्रकार महासंघ जापान साखाका अध्यक्ष मोहन घले फेव्टिवल सफल भएको बताउँछन् । फेव्टिवलमा नेपाली सहित उल्लेखनिय जापनिजको उपस्थिति रहेको उनको भनाई छ। नेपाल चिनाउने यो अभियानमा अझैं जापनिजलाई नेपाल जादा र बसाईको क्रममा लाग्ने खर्च एवं विविध जानकारी राख्दा अझै राम्रो हुने सुझाब दिन्छन। त्यस्तै फेष्टिवलमा कुनै झैं झगडा नभई शान्तिपूर्ण समापन भएकोमा सारै खुसी लागेको फेष्टिवल स्वयम सेवक समितिका संयोजक तथा किक बक्सिङ्ग प्रशिक्षक देब घिमिरे बताउँछन । संस्थागत तथा व्यक्तिगत रूपमा स्वयम सेवकमा खटिएका सबै प्रति उनले धन्यवाद व्यक्त गरेका छन्। 

फेष्टिवलमा  नेपालबाट आएका चर्चित कलाकारहरु बद्रि पंगेनी, सम्झना भण्डारी र राजु लामा लगाएत स्थानिय  कलाकारहरुले स्टेज तताएका थिए।दर्शकहरु उनिहरुको गित संगितमा मस्त देखिन्थ्ये । फेष्टिवल उद्घाटन पूर्व पञ्चेबाजा सहित बिभिन्न जनजातिहरुको झाँकीले फेस्टिवल परिसर परिक्रमा गरेका थिए। फेष्टिवलमा साना -तिना कमि भए त्यसलाई सुधार्दै लैजाने बताउँदैं फेष्टिवल सम्पन्न गर्न अहोरत खटिनु भएका आयोजक समितिका साथीहरु एवं सहयोग दाता, कलाकार एवं सम्पूर्ण दर्शकलाई एनआरएनए जापानका सचिव समेत रहेका फेष्टिवल मूल आयोजक समितिका सचिव श्याम शितलले धन्यवाद ज्ञापन गरेका छन्।

Bishawas Acharya

Recent Posts

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरूको प्रदर्शन

काठमाडौँ— नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार महासंघले माइतीघर मण्डलादेखि बिजुली…

55 years ago

झापाको किच्चकबध स्थलमा आठौँ चरणको उत्खनन, दरबारको जग भेटियो

झापा, भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किच्चकबध स्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ।…

55 years ago