काठमाडौं: मृगौला बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४६ को बादरे भन्ने मुरली दमाइ र वर्ष ३० का राजु नेपाली र वडा नं.६ खोलेगाउँ बस्ने अन्दाजी बर्ष २६ को राजेश परियार रहेका छन् ।
उनीहरुले भारतको मःम पसलमा मासिक भारतीय रूपैंया तीस हजार तलबको काममा लगाइदिने प्रलोभनमा देखाएर उनीहरुले बबरमहल २६ (परिवर्तित नाम)को मृगौला बेचेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ । सुरुमा उनलाई एक विवाहमा बाजा बजाउन भनेर बोलाइएको थियो । पछि काठमाडौं ल्याएर भारतमा रोजगारीको प्रलोभन दिलाई मृगौला झिकिएको थियो ।
पीडितलाई पटक–पटक फोनसम्पर्क र भेटघाट गरेर नुवाकोटको छहरेबाट राजु परियार र राजेश नेपालीको जिम्मा लगाएर नुवाकोटबाट काठमाडौं ल्याइएको थियो । परियार र नेपालीले काठमाडौंमा पीडितलाई सुवास नेपालीसँग भेट गराएका थिए । त्यसपछि पीडितलाई सामाखुसीस्थित एक मेडिकलमा रगत जाँच गराइएको थियो ।
सोही बेलुका काठमाण्डौबाट काँकडभिट्टा हुदै कलकत्ताको मुकुन्दपुरस्थित रबिन्द्रनाथ टेगोर अस्पतालमा पुर्याइएको व्यूरोका प्रहरी उपरक्षिक दानबहादुर मल्लले जानकारी दिए । पीडितले मृगौला दिन ईन्कार गरेपछि ईन्जेक्सन लगाएर अचेत बनाइएको थियो । अचेत बनाएर मृगौला झिकेपछि एक व्यक्तिलाई छ लाख रूपैयामा विक्री गरिएको थियो ।
मृगौला झिकेपछि पीडितलाई उनीहरुले काठमाडौं ल्याएर छाडिदिएका थिए । पीडितले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा उजुरी दिएका आधारमा पीडकलाई साउन २१ मा पक्राउ गरिएको हो । कार्यालयबाट खटेको प्रहरी टोलीले प्रतिवादीहरुलाई पक्राउ गरेर साउन २०मा पीडितको उजुरी बमोजिम काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गराई भदौ १७ कोे आदेश अनुसार कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…