रोजगारीको प्रलोभन दिलाई मृगौला झिकिएयो

काठमाडौं: मृगौला बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४६ को बादरे भन्ने मुरली दमाइ र वर्ष ३० का राजु नेपाली र वडा नं.६ खोलेगाउँ बस्ने अन्दाजी बर्ष २६ को राजेश परियार रहेका छन् ।

उनीहरुले भारतको मःम पसलमा मासिक भारतीय रूपैंया तीस हजार तलबको काममा लगाइदिने प्रलोभनमा देखाएर उनीहरुले बबरमहल २६ (परिवर्तित नाम)को मृगौला बेचेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ । सुरुमा उनलाई एक विवाहमा बाजा बजाउन भनेर बोलाइएको थियो । पछि काठमाडौं ल्याएर भारतमा रोजगारीको प्रलोभन दिलाई मृगौला झिकिएको थियो ।
पीडितलाई पटक–पटक फोनसम्पर्क र भेटघाट गरेर नुवाकोटको छहरेबाट राजु परियार र राजेश नेपालीको जिम्मा लगाएर नुवाकोटबाट काठमाडौं ल्याइएको थियो । परियार र नेपालीले काठमाडौंमा पीडितलाई सुवास नेपालीसँग भेट गराएका थिए । त्यसपछि पीडितलाई सामाखुसीस्थित एक मेडिकलमा रगत जाँच गराइएको थियो ।
सोही बेलुका काठमाण्डौबाट काँकडभिट्टा हुदै कलकत्ताको मुकुन्दपुरस्थित रबिन्द्रनाथ टेगोर अस्पतालमा पुर्याइएको व्यूरोका प्रहरी उपरक्षिक दानबहादुर मल्लले जानकारी दिए । पीडितले मृगौला दिन ईन्कार गरेपछि ईन्जेक्सन लगाएर अचेत बनाइएको थियो । अचेत बनाएर मृगौला झिकेपछि एक व्यक्तिलाई छ लाख रूपैयामा विक्री गरिएको थियो ।

मृगौला झिकेपछि पीडितलाई उनीहरुले काठमाडौं ल्याएर छाडिदिएका थिए । पीडितले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा उजुरी दिएका आधारमा पीडकलाई साउन २१ मा पक्राउ गरिएको हो । कार्यालयबाट खटेको प्रहरी टोलीले प्रतिवादीहरुलाई पक्राउ गरेर साउन २०मा पीडितको उजुरी बमोजिम काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गराई भदौ १७ कोे आदेश अनुसार कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago