पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित

काठमाडौँ: पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित गर्दै यसअघिको हारको बदला लिएको छ ।जितका लागि १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो ।
लिग चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।
अर्शदीप सिंहको अन्तिम ओभरमा जितका लागि पाकिस्तानलाई सात रन चाहिएको थियो । इफतिखर अहमदले विजयी रन बटुले र दुई रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान खुशदील शाहले ११ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक ७१ रन बनाए । उनी ५१ बलको सामना गरेर हार्दिक पान्ड्याको बलमा आउट भए । उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

खराब लयबाट गुज्रिरहेका पाकिस्तानी कप्तान बाबर आजम १० बलमा १४ रन मात्र बनाउन सके । उनी रवि बिस्नोइको शिकार बने । फकर जमानले पनि १८ बलमा १५ रन मात्र बनाउन सके । मोहम्मद नवाजले भने २० बलमा ४२ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । चौथो विकेटका लागि नवाजले रिजवानसँग ७३ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पूर्वकप्तान विराट कोहलीको अर्धशतकको मद्दतले सात विकेटमा १ सय ८१ रन बनाएको थियो । कोहलीले ४४ बलमा ६० रन बनाए । रनआउट हुन अगाडि उनले चार चौका र एक छक्का प्रहार गरे । उनको यो ३२ औं अर्धशतक रह्यो ।यसैक्रममा उनी ट्वान्टी-२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर बने ।

भारतलाई प्रारम्भिक ब्याटर जोडी केएल राहुल र कप्तान रोहित शर्माले आक्रामक सुरुआत दिलाए । उनीहरूले ५.१ ओभरभित्र ५१ रनको सुरुआत दिलाए । दुवैले समान २८ रन बनाए । त्यसयता भारतले त्यस्तै आक्रामकतालाई भने कायम राक्न सकेन ।

इनिङ्सको बीचमा पाकिस्तानी बलरले भारतलाई केही दबाबमा राख्न सफल रहे । हार्दिक पान्ड्या शून्यमै आउट भए । अन्त्यतिर दीपक हुडाले भारतका लागि १४ बलमा १६ रन थपे । यस्तै रवि बिस्नोइले दुई बलमा आठ रन जोडे ।

सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । सुपर ४ मा श्रीलंका र पाकिस्तानले १/१ खेल जितेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago