पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित

काठमाडौँ: पाकिस्तानले एसिया कपको सुपर–४ मा भारतलाई पाँच विकेटले पराजित गर्दै यसअघिको हारको बदला लिएको छ ।जितका लागि १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो ।
लिग चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।
अर्शदीप सिंहको अन्तिम ओभरमा जितका लागि पाकिस्तानलाई सात रन चाहिएको थियो । इफतिखर अहमदले विजयी रन बटुले र दुई रन बनाएर नटआउट रहे । अर्का नटआउट ब्याट्सम्यान खुशदील शाहले ११ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक ७१ रन बनाए । उनी ५१ बलको सामना गरेर हार्दिक पान्ड्याको बलमा आउट भए । उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

खराब लयबाट गुज्रिरहेका पाकिस्तानी कप्तान बाबर आजम १० बलमा १४ रन मात्र बनाउन सके । उनी रवि बिस्नोइको शिकार बने । फकर जमानले पनि १८ बलमा १५ रन मात्र बनाउन सके । मोहम्मद नवाजले भने २० बलमा ४२ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । चौथो विकेटका लागि नवाजले रिजवानसँग ७३ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पूर्वकप्तान विराट कोहलीको अर्धशतकको मद्दतले सात विकेटमा १ सय ८१ रन बनाएको थियो । कोहलीले ४४ बलमा ६० रन बनाए । रनआउट हुन अगाडि उनले चार चौका र एक छक्का प्रहार गरे । उनको यो ३२ औं अर्धशतक रह्यो ।यसैक्रममा उनी ट्वान्टी-२० क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर बने ।

भारतलाई प्रारम्भिक ब्याटर जोडी केएल राहुल र कप्तान रोहित शर्माले आक्रामक सुरुआत दिलाए । उनीहरूले ५.१ ओभरभित्र ५१ रनको सुरुआत दिलाए । दुवैले समान २८ रन बनाए । त्यसयता भारतले त्यस्तै आक्रामकतालाई भने कायम राक्न सकेन ।

इनिङ्सको बीचमा पाकिस्तानी बलरले भारतलाई केही दबाबमा राख्न सफल रहे । हार्दिक पान्ड्या शून्यमै आउट भए । अन्त्यतिर दीपक हुडाले भारतका लागि १४ बलमा १६ रन थपे । यस्तै रवि बिस्नोइले दुई बलमा आठ रन जोडे ।

सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । सुपर ४ मा श्रीलंका र पाकिस्तानले १/१ खेल जितेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago