राज भट्टराई,काठमाडौं: सेल्फी डाडामा बेचिरहेको सरिफा(Custard Apple), झट्ठ हेर्दा अनौठो आकृतिको जस्तो देखिने यो फल काचो छदा हरियो र पाक्ने बेलामा भने हल्का पहेलो र सेतो सेतो जस्तो देखिन्छ । यसलाई फरक फरक नामले चिन्ने गरिन्छ कतै यसलाई सरिफा, रामफल, भनेर चिनिन्छ भने पुर्बतिर यसलाई आँटि भनेर पनि चिनिदो रहेछ ।

किम्बदन्ति अनुसार सिता वनवासमा रहेको समय यो फललाइ धेरै रुचाउने गर्थिन, त्यसैले यसलाई सिताफल समेत भनिन्छ । यस फलको बोटको उचाई सामान्यतया ६ देखि १० फिट सम्मको हुने गर्दछ , यस फलको बोट को औसत आयु भने २८ देखि ३० बर्ष सम्मको हुन्छ । यसको पातहरु भने गाढा हरियो रङको हुन्छ , जसको एउटा फरक प्रकारको गन्ध आउछ जसका कारण यसको बोटमा त्यति किराहरु बसेको पाइदैन । यो एउटा मनसूनि फल हो । यो बाहिर बाट कठोर देखिए ता पनि भित्रबाट नरम हुने गर्दछ । नेपालमा यो श्रावण देखि भदौ को बिचमा पाक्ने गर्दछ । पाके पश्चात यसको स्वाद निकै गुलियो र मिठो हुने गर्दछ ।

यो एउटा अत्यन्त राम्रो स्वादिष्ट फल हुनुको साथै धेरै औषधिय गुण भएको मानिन्छ । यस फलको सेवनले हाम्रो शरिरलाई स्वस्थ राखन र रोग ब्याधिबाट टाढा राख्न मद्धत गर्दछ । यो फल पित्तनाशक , रक्तबर्धक , विर्यबर्धक र मुटु रोगिको लागि अत्यन्तै पौष्टीक तत्वयुक्त मानिन्छ । यसमा भिटामिन बि १, बि २, भिटामिन सि आदि प्रचुर मात्रामा पाइन्छ । सरिफामा खनिज तत्व प्रोटिन उच्च मात्रामा पाइन्छ । सरिफा मा भएको पोटासियम र म्याग्नेसियमले मुटुलाइ बलियो मात्र नभई रोग रहित समेत राख्दछ ।

सरिफाको सेवनले हामिलाइ उर्जा समेत प्राप्त हुन्छ जसले शरिरको थकाइ , हाडको कमजोरि कम हुनुको साथै मांसपेसि समेत बलियो राख्दछ । यो फलको सेवनले पाचन प्रक्रियालाइ समेत बलियो बनाउदछ । कब्जियत , ग्यासको समस्या भएकाहरुको लागि यो उपयोगि हुन्छ । यसमा भएको रेशा(फाइबर) ले हाम्रो पाचन तन्त्रलाइ बलियो बनाउछ । यतिमात्र नभइ यसको सेवनले तौल बढ्ने समस्या समेत कम हुन्छ ।

यो फलमा प्रशस्त मात्रामा कपर र आइरन पाइन्छ जसले गर्दा शरिरमा रगतको कमि हटाउन सघाउछ । यति मात्र नभएर रगत सफा समेत गर्दछ । यसमा भएको भिटामिन, र एन्टिअक्सिडेटले हाम्रो मस्तिष्कलाई तिब्र पार्नुको साथै सदैब फ्रेस गर्नमा समेत सघाउछ । यो फल दमको बिरामि को लागि समेत उपयुक्त मानिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago