वीरगञ्ज नाकाबाट नेपालमा हुने कुल आयातको ४८ र निर्यातको ४२ प्रतिशत

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर सबैभन्दा बढी वस्तुहरूको आयात/निर्यात भएको छ।

विदेशबाट आयात हुने कुल वस्तुको आयातमध्ये वीरगञ्ज भन्सार नाका भएर ४८ दशमलव १३ प्रतिशत सामानको आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा विदेशबाट नेपालमा देशका विभिन्न २५ वटा स्थल नाका र एक वटा त्रिभुवन विमानस्थल भएर कुल २६ वटा नाकाहरूबाट नेपालमा विभिन्न वस्तुहरूको आयात भएको हो।

नेपालमा वीरगञ्ज भन्सार नाका र र्सिसिया सुख्खा बन्दरगाह गरी दुई वटा नाकाहरूबाट ९ खर्ब २४ अर्ब ३७ करोड १३ लाख ९७ हजारको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। यो नेपालमा आयात हुने कुल आयातको ४८ दशमलव १३ प्रतिशत हिस्सा हो। गत आर्थिक वर्षमा विदेशबाट नेपालमा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको विभिन्न वस्तुहरू आयात गरिएको थियो। वीरगञ्ज भन्सार नाका भएर देशमा ईन्धन, मोटर गाडी र त्यसका पार्टस, मोटरसाईकल, एमएस बिलेटलगायतका वस्तुहरू मुख्य रूपमा आयात हुने गरेको छ।

निर्यातमा पनि वीरगञ्ज भन्सारकै सबैभन्दा बढी हिस्सा रहेको छ। नेपालबाट विदेशमा निर्यात भएको वस्तुहरूको कुल हिस्सा मध्ये ४२ दशमलव ४८ प्रतिशत निर्यात वीरगञ्ज भन्सार नाकाबाट नै भएको भन्सार विभागले जानकारी दिएको छ। गत आर्थिक वर्षमा नेपालबाट विदेशमा वीरगञ्ज भन्सार नाका भएर कुल ८४ अर्ब ९६ करोड ४९ लाख ३६ हजारको वस्तुहरू निर्यात भएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ। गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल २ खर्ब ३ करोड ९ लाख ६२ हजार बराबरको विभिन्न वस्तुहरू निर्यात भएको थियो। वीरगञ्ज नाका भएर नेपालबाट विदेशमा प्रशोधित पाम आयल, प्रशोधित भटमासको तेल, फलफूलको जुस, जमोठ कपडा, च्यवनप्राश, बतिसा, त्रिफलालगायतका वस्तुहरू मुख्य रूपमा निर्यात हुने गरेको छ।

वीरगञ्जपछि दोस्रो स्थानमा भैरहवा नाका रहेको छ। यस नाकाबाट नेपालमा १५ दशमलव ४० प्रतिशत वस्तुहरू आयात भएको छ भने नेपालबाट विदेशमा यो नाका भएर ३ दशमलव ८१ प्रतिशत वस्तुहरूको निर्यात गरिएको छ।

गत आर्थिक वर्षमा तेस्रो स्थानमा रहेको विराटनगर भन्सार नाकाबाट ११ दशमलव ०९ प्रतिशत वस्तुहरूको आयात भएको छ भने विदेशबाट नेपालमा यो नाका भएर २८ दशमलव ४४ प्रतिशत वस्तुहरूको निर्यात गरिएको भन्सार विभागले जनाएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago