वीरगञ्ज नाकाबाट नेपालमा हुने कुल आयातको ४८ र निर्यातको ४२ प्रतिशत

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर सबैभन्दा बढी वस्तुहरूको आयात/निर्यात भएको छ।

विदेशबाट आयात हुने कुल वस्तुको आयातमध्ये वीरगञ्ज भन्सार नाका भएर ४८ दशमलव १३ प्रतिशत सामानको आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा विदेशबाट नेपालमा देशका विभिन्न २५ वटा स्थल नाका र एक वटा त्रिभुवन विमानस्थल भएर कुल २६ वटा नाकाहरूबाट नेपालमा विभिन्न वस्तुहरूको आयात भएको हो।

नेपालमा वीरगञ्ज भन्सार नाका र र्सिसिया सुख्खा बन्दरगाह गरी दुई वटा नाकाहरूबाट ९ खर्ब २४ अर्ब ३७ करोड १३ लाख ९७ हजारको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। यो नेपालमा आयात हुने कुल आयातको ४८ दशमलव १३ प्रतिशत हिस्सा हो। गत आर्थिक वर्षमा विदेशबाट नेपालमा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको विभिन्न वस्तुहरू आयात गरिएको थियो। वीरगञ्ज भन्सार नाका भएर देशमा ईन्धन, मोटर गाडी र त्यसका पार्टस, मोटरसाईकल, एमएस बिलेटलगायतका वस्तुहरू मुख्य रूपमा आयात हुने गरेको छ।

निर्यातमा पनि वीरगञ्ज भन्सारकै सबैभन्दा बढी हिस्सा रहेको छ। नेपालबाट विदेशमा निर्यात भएको वस्तुहरूको कुल हिस्सा मध्ये ४२ दशमलव ४८ प्रतिशत निर्यात वीरगञ्ज भन्सार नाकाबाट नै भएको भन्सार विभागले जानकारी दिएको छ। गत आर्थिक वर्षमा नेपालबाट विदेशमा वीरगञ्ज भन्सार नाका भएर कुल ८४ अर्ब ९६ करोड ४९ लाख ३६ हजारको वस्तुहरू निर्यात भएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ। गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल २ खर्ब ३ करोड ९ लाख ६२ हजार बराबरको विभिन्न वस्तुहरू निर्यात भएको थियो। वीरगञ्ज नाका भएर नेपालबाट विदेशमा प्रशोधित पाम आयल, प्रशोधित भटमासको तेल, फलफूलको जुस, जमोठ कपडा, च्यवनप्राश, बतिसा, त्रिफलालगायतका वस्तुहरू मुख्य रूपमा निर्यात हुने गरेको छ।

वीरगञ्जपछि दोस्रो स्थानमा भैरहवा नाका रहेको छ। यस नाकाबाट नेपालमा १५ दशमलव ४० प्रतिशत वस्तुहरू आयात भएको छ भने नेपालबाट विदेशमा यो नाका भएर ३ दशमलव ८१ प्रतिशत वस्तुहरूको निर्यात गरिएको छ।

गत आर्थिक वर्षमा तेस्रो स्थानमा रहेको विराटनगर भन्सार नाकाबाट ११ दशमलव ०९ प्रतिशत वस्तुहरूको आयात भएको छ भने विदेशबाट नेपालमा यो नाका भएर २८ दशमलव ४४ प्रतिशत वस्तुहरूको निर्यात गरिएको भन्सार विभागले जनाएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago