उपेन्द्र यादवको क्षेत्रबाट सिके राउतले चुनाव लड्ने

काठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।

यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी- २ बाट चुनाव लड्न लागेका सो पार्टीले जनाएको छ। राउतको घर पनि यही क्षेत्रमा पर्छ।

गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका-२ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो।

यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।

हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले जसपाका उम्मेदवारलाई हराएर मेयर जितेका थिए।

यस्तै, बलानबिहुल गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई हराउँदै जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादव र रेणु यादव अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन्।

मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा भाग लिएको थियो।

२४ फागुन २०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारले राउतसँग ११ बुँदे सहमति गरेको थियो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago