पाल्पा, २० साउन । शैक्षिक हव रहेकाे पाल्पामा थप तीन नयाँ विषयमा अध्यापन हुने भएकाे छ । लामो समयदेखि स्वास्थ्य क्षेत्रको प्राविधिक विषयको अध्यापन गराउदै आएको पाल्पा टेक्निकल ईन्स्टिच्युटले जिल्लामा पहिलो पटक थप तीन नयाँ विषयमा अध्यापन गराउने भएको हाे । कलेजले यस वर्षदेखि सिटिइभिटिको सम्बन्धमा एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापी बिषयको अध्ययन अध्यापन गराउने कलेजका प्रिन्सिपल त्रिलोचन पौडेलले जानकारी दिनुभयो ।
इन्ष्टिच्यूटमा अहिलेसम्म ४० जना अहेव, १ हजार ८० जना सिएमए, १ हजार जना अनमी, ८ सय जना ल्याव असिस्टेन्टको विद्यार्थीलाई अध्यापन गराएकाे कलेजकाे तथ्याङक छ । २०५२ सालमा स्थापना भएको ईन्स्टिच्युट २०७० सालमा नेपालकै उत्कृष्ठ ईन्स्टिच्युटको रुपमा पुरस्कृत समेत भएको थियो ।
पछिल्लो समयमा सरकारले सिएम, अनमी र ल्याव असिस्टिेन्ट लगायतका टिएसलसी लेवलका कार्यक्रम बन्द गरेपछि ईन्स्टिच्युट बिगत २ बर्ष देखि बन्द रहेको थियो । ईन्स्टिच्युटमा महिला छात्रावास सहित, अध्याधुनिक ल्याव, सुविधासम्पन्न भवन, अनुभवी तालिम प्राप्त प्रशिक्षकको सुविधाको साथमा नयाँ कार्यक्रमलाई संचालन गर्ने योजना रहेको पौडेलले बताउनुभयो । एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापीको लागि ३६ महिने कोर्स पुरा गर्नुपर्ने छ । ईन्स्टिच्युटमा १२ जनालाई छात्रबृत्तिको ब्यबस्था रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…