पाल्पा, २० साउन । शैक्षिक हव रहेकाे पाल्पामा थप तीन नयाँ विषयमा अध्यापन हुने भएकाे छ । लामो समयदेखि स्वास्थ्य क्षेत्रको प्राविधिक विषयको अध्यापन गराउदै आएको पाल्पा टेक्निकल ईन्स्टिच्युटले जिल्लामा पहिलो पटक थप तीन नयाँ विषयमा अध्यापन गराउने भएको हाे । कलेजले यस वर्षदेखि सिटिइभिटिको सम्बन्धमा एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापी बिषयको अध्ययन अध्यापन गराउने कलेजका प्रिन्सिपल त्रिलोचन पौडेलले जानकारी दिनुभयो ।
इन्ष्टिच्यूटमा अहिलेसम्म ४० जना अहेव, १ हजार ८० जना सिएमए, १ हजार जना अनमी, ८ सय जना ल्याव असिस्टेन्टको विद्यार्थीलाई अध्यापन गराएकाे कलेजकाे तथ्याङक छ । २०५२ सालमा स्थापना भएको ईन्स्टिच्युट २०७० सालमा नेपालकै उत्कृष्ठ ईन्स्टिच्युटको रुपमा पुरस्कृत समेत भएको थियो ।
पछिल्लो समयमा सरकारले सिएम, अनमी र ल्याव असिस्टिेन्ट लगायतका टिएसलसी लेवलका कार्यक्रम बन्द गरेपछि ईन्स्टिच्युट बिगत २ बर्ष देखि बन्द रहेको थियो । ईन्स्टिच्युटमा महिला छात्रावास सहित, अध्याधुनिक ल्याव, सुविधासम्पन्न भवन, अनुभवी तालिम प्राप्त प्रशिक्षकको सुविधाको साथमा नयाँ कार्यक्रमलाई संचालन गर्ने योजना रहेको पौडेलले बताउनुभयो । एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापीको लागि ३६ महिने कोर्स पुरा गर्नुपर्ने छ । ईन्स्टिच्युटमा १२ जनालाई छात्रबृत्तिको ब्यबस्था रहेको छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…