काठमाडौं: आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले जेठ १७ गतेदेखि नै सुझाव मागेको थियो । यसको लागि सरोकारवाला निकायले सुझाव दिँदै आएका छन् । उक्त सुझावलाई केलाउने काम केन्द्रीय बैंकले गरेको छ । अघिल्लो वर्ष मौद्रिक नीति कोरोना प्रभावितमा केन्द्रित रहेको थियो । यो आर्थिक वर्ष लागेदेखि नै तरलतामा चाप परेका कारण अगामी आर्थिक वर्षको मौद्रिक नीति भने तरलता व्यवस्थापनमा केन्द्रित हुने राष्ट्र बैंक स्रोतले बताएको छ ।
तीव्र आयात, बढ्दो व्यापार घाटासँगै निरन्तर विदेशी मुद्राको सञ्चितिमा परेको दबाबले यतिखेर मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारो स्थितिमा छ । एक त मुलुकभित्र व्याप्त तरलता अभावको अवस्था छ भने अर्कोतर्फ तीव्र आयातले व्यापार घाटासँगै निरन्तर विदेशी मुद्राको सञ्चितिमा दबाब परिरहेको छ । यसलाई नियन्त्रण गर्नुपर्ने चुनौती केन्द्रीय बैंकको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लिगिएका नीति परिवर्तनको लागि पनि अहिले चौतर्फी दबाब र्सिजना भएको छ । विशेषत सेयर धितोकर्जाको रुपमा बैंकहरुले प्रदान गर्ने मार्जिन प्रकृतिको कर्जामा हाल कायम ४—१२ करोडको व्यवस्था खारेज गर्न राष्ट्र बैंकमाथि निकै दबाब परिरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्तिले वा संस्थाले एक बैंकबाट अधिकतम ४ करोड रुपैयाँसम्म र सबै बैंकहरुबाट गरी बढीमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्था हटाउन अहिले अर्थमन्त्रालयले केन्द्रीय बैंकलाई दबाब दिएको बुझिएको छ । फलस्वरुपः आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्थामा केही परिर्वतन हुनसक्ने राष्ट्र बैंक स्रोतले बताएको छ । त्यस्तै, राष्ट्र बैंकले सेयर बजारसहित घरजग्गा क्षेत्रमा जाने कर्जामा जोखिमको भारित औसत दर १५०% पुर्याएकोमा त्यसलाई १००% मा झार्न माग हुँदै आएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको यसअघिको सीडीसी रेसियो खारेज गर्दै ९० प्रतिशतको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेको थियो । सोही व्यवस्थाको पुनर्विचार गर्न अहिले बैंकमाथि प्रत्यक्ष परोक्ष रूपमा दबाब परिरहेको छ । अहिले ९० प्रतिशतको सीडी रेसियोको व्यवस्थाको पुनर्विचार गर्न बैंकहरुले राष्ट्र बैंकलाई दबाब दिइरहेको बुझिएको छ ।
सीडी रेसियोको व्यवस्थालाई बैंकर, उद्योगी, व्यवसायी र सेयर लगानीकर्तासम्मले रुचाएका छैनन् । उनीहरु सीसीडी रेसियो नै कायम गरेर बैंकहरुलाई थप लगानीको सुविधा दिनुपर्ने पक्षमा लबिइङमा छन् । तथापि, सीडी रेसियोको व्यवस्थामा परिवर्तन गर्ने तयारीमा केन्द्रीय बैंक नरहेको स्रोतको भनाई छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…