आर्थिक पारदर्शिता, सुशासन सहितको सेवा – बगनासकाली गाउँपालिका

गाउँपालिकाले बिभिन्न लोककल्याणकारी कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनुहुँदै योजनाहरुको उचित अनुगमन सहित प्राविधिक मुल्यांकनमा पालिकाले बिशेष जोड दिने

पाल्पा । बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले प्रदान गर्दै आएको सेवा तथा बिभिन्न विकास योजनाका बिषयमा सार्वजनिक सुनुवाइ गरेको हो ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले आर्थिक पारदर्शिता, सुशासन सहितको सेवाका लागि प्रतिबद्ध भई लागिपरेको बताउनुभयो । गाउँपालिकाले बिभिन्न लोककल्याणकारी कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनुहुँदै योजनाहरुको उचित अनुगमन सहित प्राविधिक मुल्यांकनमा पालिकाले बिशेष जोड दिने अध्यक्ष चिदिले बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपुर्व सूचना तथा सञ्चार क्षेत्रको उपायेग गरि समुदायको सहभागितामा जोड दिनुपर्ने, उपभोक्ता समिति मार्फत विकासको काम गर्दा गर्नुपर्ने १० प्रतिशत श्रमदानले समस्या भएको, योजनामा काटिदै आएको कन्टिन्जेन्सी रकमको उपयोग, पालिकाको बेरुजु अवस्था लगायतको बिषयमा जिज्ञाशा राखेका थिए । सहभागीहरुको जिज्ञाशाको जवाफ प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती, लेखा अधिकृत कोशल पौडेल लगायतले दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यसप्रकारको कार्यक्रमले जनसमुदायका जिज्ञाशाहरुको समाधानका लागि सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य इश्वर राना, गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
सम्बन्धित समाचार बगनासकालीका जनप्रतिनिधि कुमाल वस्तीमा
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकले छनौट र असल छिमेकी नेपाल नामक संस्थाको सहजीकरण तथा बगनासकाली गाउँपालिकाको संयोजनामा सञ्चालित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ को अवधिमा सम्पादन गरेका योजना र प्रगतिको बिषयमा जानकारी गराउनुभएको थियो ।

bhabindra gautam

Recent Posts

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago