आर्थिक पारदर्शिता, सुशासन सहितको सेवा – बगनासकाली गाउँपालिका

गाउँपालिकाले बिभिन्न लोककल्याणकारी कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनुहुँदै योजनाहरुको उचित अनुगमन सहित प्राविधिक मुल्यांकनमा पालिकाले बिशेष जोड दिने

पाल्पा । बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले प्रदान गर्दै आएको सेवा तथा बिभिन्न विकास योजनाका बिषयमा सार्वजनिक सुनुवाइ गरेको हो ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले आर्थिक पारदर्शिता, सुशासन सहितको सेवाका लागि प्रतिबद्ध भई लागिपरेको बताउनुभयो । गाउँपालिकाले बिभिन्न लोककल्याणकारी कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनुहुँदै योजनाहरुको उचित अनुगमन सहित प्राविधिक मुल्यांकनमा पालिकाले बिशेष जोड दिने अध्यक्ष चिदिले बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपुर्व सूचना तथा सञ्चार क्षेत्रको उपायेग गरि समुदायको सहभागितामा जोड दिनुपर्ने, उपभोक्ता समिति मार्फत विकासको काम गर्दा गर्नुपर्ने १० प्रतिशत श्रमदानले समस्या भएको, योजनामा काटिदै आएको कन्टिन्जेन्सी रकमको उपयोग, पालिकाको बेरुजु अवस्था लगायतको बिषयमा जिज्ञाशा राखेका थिए । सहभागीहरुको जिज्ञाशाको जवाफ प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती, लेखा अधिकृत कोशल पौडेल लगायतले दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यसप्रकारको कार्यक्रमले जनसमुदायका जिज्ञाशाहरुको समाधानका लागि सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य इश्वर राना, गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
सम्बन्धित समाचार बगनासकालीका जनप्रतिनिधि कुमाल वस्तीमा
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकले छनौट र असल छिमेकी नेपाल नामक संस्थाको सहजीकरण तथा बगनासकाली गाउँपालिकाको संयोजनामा सञ्चालित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ को अवधिमा सम्पादन गरेका योजना र प्रगतिको बिषयमा जानकारी गराउनुभएको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago